• ON AIRटाइम पास
  • UP NEXTहजुरको खवर

सिन्धुलीको गोलन्जोर गाउँपालिकामा फ्रि वाईफाई सेवा । 


सिन्धुली जिल्लाको गोलन्जोर गाउँपालीकाले ३ वटा वडामा ‘फ्रि वाई–फाई’ सेवा को व्यवस्था गरेको छ । प्रविधि मैत्री गाउँपालीका बनाउने उद्धेश्य अनुसार गाउँपालीकाकाका ७ वडा मध्ये ३ वडामा फ्रि वाई फाई जडान गरिएको गाँउपालिका कार्यालयले जनाएको छ । गाँउपालिकाको ३ लाख ५० हजारको कुल लागतमा ३ वटा वडामा मध्ये वडा नं. ३ को ग्वाल्टारमा, वडा नं. ५ को खनियाखर्क र वडा नं. ७ को खुर्कोटमा निशुल्क वाइवाई सेवा जडान गरिएकोछ । जम्मा ७ वटा वडा मध्ये वडा नं. ३, ५ र ७ गरि ३ वटा वडामा वाइवाई सुविधा उपलब्ध गराएको गोलञ्जोर गाउँपालिकाका निमित्त प्रशासकिय अधिकृत तिर्थ भण्डारीले जानकारी दिए ।मासिक लागत रु ७ हजारको दरले ३ स्थानमा मासिक कुल लागत २१ हजारमा गाउँपालिकाले निशुल्क वाइफाइ सुविधा उपलब्ध गराएको हो । वाइफाइ सुविधा एरो नेट कम्पनीले उपलब्ध गराएको छ भने वाइफाइको स्पीड १० मेगा वाइट प्रति सेकेण्डको रहेको निमित्त प्रशासकिय अधिकृत भण्डारीले जानकारी दिए ।हाल सम्म गोलञ्जोर गाउँपालिकाले सामुदायिक अध्ययन केन्द्र, वडा नं. ३, ५ र ७ को वडा कार्यालय र गाउँपालिकाको कार्यालयमा समेत वाइफाइ सुविधा उपलब्ध गराएकोछ । फ्रि वाई फाईले गोलन्जोर बासीलाई सुचना प्रवाहमा सहज हुने अपेक्षा गरिएको छ ।
 

प्रतिकृया दिनुहोस

अप्पर र उपल्लो खिम्ती जलबिद्युत आयोजनाको काम सत्तरी प्रतिशत सकियो । 

रामेछाप जिल्लाको गोकुलगंगा गाउपालिकावडा नं १ को गर्जाङमा निर्माणाधिन २ वटा जलबिद्युत आयोजनाको काम अन्तिम चरणमा पुगेको छ ।   उपल्लो खिम्ती १२

मुलुक सम्बृद्धिको लागि हाइड्रोपावरको विकास आवश्यक छ मन्त्री ढुङ्गेल ।।

प्रदेश नं. ३ का आर्थिक मामिला तथा योजना मन्त्री कैलाश प्रसाद ढुङ्गेलले मुलुक सम्बृद्धिका लागि हाइड्रोपावरको विकास जरुरी रहेको बताउनुभएको छ । हिमालय

रामेछाप जिल्लामा पहिलो पटक अप्टिकल फाइबर जडान ।

रामेछाप जिल्लामा पहिलो पटक अप्टिकल फाईबर जोडिएको छ । दु्रत गतिको इन्टरनेटको सेवा प्रदान गर्ने उदेश्यले नेपाल टेलिकमले बदिवासबाट बिपी राजमार्ग