तीन वर्षपछि मधेशमा ओलीको सहज ‘इन्ट्री’ र भव्य स्वागत

प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको मधेशमा सहजइन्ट्रीभएको   भारतीय समकक्षी नरेन्द्र मोदीलाई स्वागत गर्न जनकपुर पुगेसँगै उहाँको मधेसमा सहजइन्ट्रीभएको हो

पहिले दौरा सुरुवालमा देखिने ओली मोदीलाई स्वागत गर्न कुर्ता पाइजामामा गम्छा ओढेर जनकपुर पुग्नुभयो मोदीको जस्तैगेटअपमा देखिएका ओलीलाई मधेसका नागरिकले स्वागत गरे उहाँको मधेस आगमनलाई सहज रुपमा लिए  

२०७२ सालमा नेपालको संविधानको घोषणा हुने संघारमा भएको महिना लामो मधेश बन्द मधेसमा विकसित घटनाहरुमा ओली एमालेका केही नेताले दिएको अभिव्यक्तिले आफूहरुको मानमर्दन भएको मधेशवादी दल तिनका नेता कार्यकर्ताले अहिलेसम्म बताउने गरेका छन् त्यसैकारण अहिले पनि एमालेका शीर्ष नेता मधेश झर्न लाग्दा विरोधका स्वरहरु सुनिन्छन्  

 

 

अहिलेसम्म ओली लगायत केही शीर्ष नेतालाई तराई मधेशका ठाउँसम्म पुग्न सकस परिरहेको थियो यसअघि झलनाथ खनाल, माधवकुमार नेपाल लगायत एमालेका शीर्ष नेताहरु २०७३ सालको कात्तिक १७ गते दीपावली तथा छठको अवसरमा चियापान समारोह आयोजना गरेर जनकपुरमा झरेका थिए  

त्यतिबेला पनि मधेशवादी दलका नेता कार्यकर्ता एमालेप्रति आक्रोशित थिए तर उनीहरुले विरोध गर्न चाहे पनि विरोधले भारतीय राष्ट्रपति मुखर्जीको भ्रमणलाई असर पर्ने भन्दै चुप बसेका थिए अहिले पनि मधेशवादी दल संघीय समाजवादी फोरम नेपाल राजपा नेपालका नेता कार्यकर्तालाई त्यस्तै बाध्यता

 

 

भारतीय प्रधानमन्त्री मोदीको स्वागत गर्न प्रधानमन्त्री ओली नै आउने भएपछि विरोधका स्वर स्वतः मत्थर भएका छन् प्रदेश को सरकारले जनकपुरमा प्रधानमन्त्री केपी शर्मा ओलीको पनि भब्य स्वागतको व्यवस्था गरेर होर्डिङबोर्ड, पर्चा पोष्टरमा प्रधानमन्त्री ओली भारतीय प्रधानमन्त्री मोदीका तस्बिर संगै झुण्ड्याएको  

 

 

राजपाका एक नेताले नाम नभन्ने सर्तमा भने, ‘मोदीको जनकपुर आगमन नै ओलीको लागि जनकपुर सहज इन्ट्री हो अन्य दिनमा गाह्रै पथ्र्यो हामी अहिले पनि प्रधानमन्त्री ओलीको घोर विरोध गर्छौं तर समय परिस्थितिले हामी चुप रहन बाध्य छौँ

 

प्रतिकृया दिनुहोस

नगरस्तरीय महिला सञ्जाल व्यवस्थापन तथा क्षमता अभिवृद्धि तालिम सम्पन्न

रामेछापको रामेछाप नगरपालिका वडा नं ५ मानेडाँडामा नगरस्तरीय महिला सञ्जाल गठन व्यवस्थापन तथा क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ ।रामेछाप

रामेछाप लामागाँउमा नवनिर्मित निमा धावा गुम्बा उद्धघाटन ।।

रामेछाप नगरपालिका वडा नम्बर ८ लामा गाउँमा नवनिर्मित निमा धावा गुम्बाको आज उद्धाटन गरिएको छ । निमा धावा गुम्बाकी अध्यक्ष शर्मिला घिसिङको अध्यक्षता र

सिन्धुलीमा ’नाकाबन्दी’ रामेछाप सहित  ३ जिल्ला जाने मालबाहक गाडी रोकिंदा दैनिक उपभोग्य वस्तुको अभाव ।।

सरकारले बीपी राजमार्गमा १० टनभन्दा बढी क्षमताका सवारी साधन सञ्चालनमा रोक लगाएपछि रामेछाप सहित ४ जिल्लाको जनजीवन कष्टकर बन्दै गएको छ । सरकारी