• ON AIRटाइम पास
  • UP NEXTहजुरको खवर

रामेछाप जिल्लामा पहिलो पटक अप्टिकल फाइबर जडान ।


रामेछाप जिल्लामा पहिलो पटक अप्टिकल फाईबर जोडिएको छ । दु्रत गतिको इन्टरनेटको सेवा प्रदान गर्ने उदेश्यले नेपाल टेलिकमले बदिवासबाट बिपी राजमार्ग हुँदै खुर्कोटबाट रामेछापको सदरमुकाम मन्थलीदेखि भालुखोपसम्म अप्टिकल फाइबर जडान गरेको हो । अप्टिकल फाईबर जडान भइसकेको नेपाल टेलिकम रामेछापको प्रमुख बिष्णु भण्डारीले रामेछाप न्युजलाई बताउनुभयो । डिभाइस जडानको काम सम्पन्न भएपछि तत्काल सेवा सञ्चालन गर्ने तयारी रहेको उहाँले बताउनुभयो । उपभोक्ताहरुलाई द्रुत गतिमा इन्टरनेट चलाउन थप सहज हुने बताउदै भण्डारीले रामेछापको ८० प्रतिशत क्षेत्रमा नेपाल टेलिकमले सेवा दिदै आएको जानकारी दिनुभयो । हाल बिपी राजमार्गको खुर्कोर्टबाट रामेछापको सदरमुकाम मन्थली रामेछाप हुँदै भालुखोपसम्म अप्टिकल फाइबर जोडिएको छ । फाईबर जडान भएका क्षेत्रमा मोबाईल इन्टरनेट, बाइम्याक्स् टेलिफोन लगायतका सुविधाहरु निकै प्रभावकारी हुने दावी उहाँको छ । त्यसैगरी अरनिको राजमार्गको लामासाँघु चरिकोट तामाकोसी हुँदै मन्थलीसम्म अप्टिकल फाइबर जोडिने भएको छ । अप्टिकल फाइबर जोडिएपछि राजमार्गको बजार क्षेत्रका बासिन्दालाई इन्टरनेटको पुहँच पुग्ने विश्वास नेपाल टेलिकमले दिएको छ ।
 

प्रतिकृया दिनुहोस

अप्पर र उपल्लो खिम्ती जलबिद्युत आयोजनाको काम सत्तरी प्रतिशत सकियो । 

रामेछाप जिल्लाको गोकुलगंगा गाउपालिकावडा नं १ को गर्जाङमा निर्माणाधिन २ वटा जलबिद्युत आयोजनाको काम अन्तिम चरणमा पुगेको छ ।   उपल्लो खिम्ती १२

मुलुक सम्बृद्धिको लागि हाइड्रोपावरको विकास आवश्यक छ मन्त्री ढुङ्गेल ।।

प्रदेश नं. ३ का आर्थिक मामिला तथा योजना मन्त्री कैलाश प्रसाद ढुङ्गेलले मुलुक सम्बृद्धिका लागि हाइड्रोपावरको विकास जरुरी रहेको बताउनुभएको छ । हिमालय

सिन्धुलीको गोलन्जोर गाउँपालिकामा फ्रि वाईफाई सेवा । 

सिन्धुली जिल्लाको गोलन्जोर गाउँपालीकाले ३ वटा वडामा ‘फ्रि वाई–फाई’ सेवा को व्यवस्था गरेको छ । प्रविधि मैत्री गाउँपालीका बनाउने उद्धेश्य