• ON AIR
  • UP NEXTरोजाई तपाईको

दशैंमा राजधानी जाने यात्रुसँग लुट्दै यातायात ब्यवसायीः यात्रुसँग दोब्बर भाडा असुली ।। 

दशै मनाएर रामेछापबाट राजधानी काठमाडौं जाने यात्रुहरु दोब्बर भाडा तिर्न बाँध्य भएका छन् । रामेछापका विभिन्न ठाउँबाट राजधानी प्रवेश गर्ने सवारी साधन नपाउँदा समस्या भएको यात्रुहरुले गुनासो गरेका छन । चाडर्वको बेला भनेको समयमा सवारी साधन नपाउने यदि पाइहाले दोब्बर भाडा तिर्नुपर्ने बाध्यता रहेका यात्रुहरुको भनाइ छ ।  रामेछापबाट राजधानी काठमाडौंसम्म सञ्चालन हुने हायस माइक्रो वस र टाटासुमोले सरकारले तोकेको भाडा भन्दा बढी भाडा लिने गरेका छन् । विगतदेखि नै बढी लिदै आएको हायस र टाटासुमोले अहिले पनि बढी भाडा लिदै आएका छन् । यात्रुहरुले बढी भाडा लिएको गुनासो गरेपनि यी दुई यातायात व्यवसायीले भने आफ्नो दादागिरी कायमै राखेका छन् । रामेछापमा पछिल्लो समयमा ग्रामिण क्षेत्रसम्म पहुँच विस्तार गरेको टाटासुमोले सुविधानको नाममा लुटतन्त्र नै मच्चकाएको गुनासो यात्रुहरुको छ । यात्रुहरुले गुनासो गरेपनि सुनुवाई नभएपछि अहिले विरोध गर्न छोडेर भनेजतिको भाडा तिरेर यात्रा गर्न रामेछापवासी बाँध्य भएका छन् ।
 

प्रतिकृया दिनुहोस

केवलेश्वर वचत तथा ऋण सहकारी संस्था लि.को सातौँ साधरण सभा सम्पन्न ।

धेरै मिहेनत र वचत गरौँ,सुखी र सम्वृद्ध बर्नौँ भन्ने मुल नाराका साथ श्री केवलेश्वर वचत तथा ऋण सहकारी संस्था लिमिटेड रामेछाप नगरपालिका  ८ रामेछापको

अब उपल्लो र अपर खिम्ती जलविद्युत आयोजनामा काठमाडौंबाटै शेयर हाल्न पाइने ।

रामेछाप र दोलखा जिल्लाको सीमाना हुँदै बहने खिम्ती खोलामा निर्माणाधिन उपल्लो खिम्ती र अपर खिम्ती जलविद्युत आयोजनाले स्थानीय प्रभावितहरुको लागि

माथिल्लो तामाकोशीको शेयर बाँडफाँड आज हुने ।।  

निर्माणको अन्तिम चरणमा पुगेको दोलखा स्थित ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाले दोलखाबासीका लागि आज पहिलो चरणको शेयर बाँडफाँड