• ON AIRसिने सौगात
  • UP NEXTटाइम पास

ओख्रनीमा वडास्तरीय भलिबल तथा फुटबल प्रतियोगीता सम्पन्न ।। 


वडास्तरीय भलिबल तथा फुटबल प्रतियोगीता कार्यक्रम रामेछापको रामेछाप नगरपालिका वडा नं ६ ओख्रेनीमा सम्पन्न भएको छ ।वडा नं ६ ओख्रेनीको आयोजनामा पुर्व नेकपा एमालेका सचिव आनन्द श्रेष्ठको प्रमुख आतिथ्यतामा एवम् वडाध्यक्ष धन बहादुर खड्काको सभाध्यक्षमा कार्यक्रम सम्पन्न भएको हो ।वडाको युवालक्षित कार्यक्रम अन्र्तगत रु १ लाखको लागतमा कार्यक्रम गरिएको वडाध्यक्ष खड्काले जानकारी दिनुभएको छ ।प्रतियोगीतामा भलिवल तर्फ १२ तथा फुटबलतर्फ ११ टीमले सहभागीता जनाएका थिए । जसमा भलिबलतर्फ धमीनीछाप ए प्रथम,धमीनीछाप बी द्धितीय र डाङसीङटार समुह तृतीय भएका छन र फुटबलतर्फ ओख्रेनी मिलनचोक प्रथम,ओख्रेनी चौतारा द्धितीय र गाइटार भालुखोप समुह तृतीय भएका छन् ।प्रतियोगीतामा प्रथम,द्धितीय र तृतीय हुने सबैलाई क्रमश रु १० हजार,५ हजार,३ हजारको साथमा शिल्ड मेडल र प्रमाणपत्र पनि वितरण गरिएको वडाध्यक्ष खड्काले बताउनुभएको छ ।साथै प्रतियोगीतामा उत्कृष्ट प्रदर्शन गरेका प्रतियोगीहरुलाई समेत पुरस्कृत गरिएको छ ।
 

प्रतिकृया दिनुहोस

रामेछाप खाँडादेविमा वडाअध्यक्ष कप भलिबल प्रतियोगिता हुँदै ।। 

रामेछाप जिल्लाको खाँडादेवि गाउँपालिका वडा नम्बर ७ थान्सिङमा खाँडादेवि युवा क्लबको आयोजनामा खुल्ला वडा अध्यक्ष कप भलिबल प्रतियोगिता हुने भएको छ ।

जिल्लाकै सर्वा्धिक राशीको प्रथम रामेछाप कप जित्यो नन्दबक्स गणले ।। 

रामेछाप जिल्लाकै सर्वा्धिक राशीको फुटबल प्रतियोगिता प्रथम रामेछाप कप २०७५ को उपाधी नन्दबक्स गण रामेछापले जितेको छ । सोमबार भएको निक्कै

प्रथम सुनापति शितल स्मृती भलिबल कप   प्रतियोगिता २०७५ हुदै ।। 

रामेछाप जिल्लाको सुनापति गाउँपालिका वडा नम्बर ३ हिलेदेवि वडाकार्यलयको आयोजनामा वार्षिक योजना युवा खेलकुद तथा बालबालिका क्षमता अभिवृद्धि