• ON AIRटाइम पास
  • UP NEXTहजुरको खवर

जिल्लाकै सर्वा्धिक राशीको प्रथम रामेछाप कप जित्यो नन्दबक्स गणले ।। 


रामेछाप जिल्लाकै सर्वा्धिक राशीको फुटबल प्रतियोगिता प्रथम रामेछाप कप २०७५ को उपाधी नन्दबक्स गण रामेछापले जितेको छ । सोमबार भएको निक्कै प्रतिस्पर्धी फाइनल खेलमा साँस्कृतिक युवा समाज मन्थलीलाई (२–०) गोल अन्तरले हराउदै नन्दबक्स गणले उपाधिसंगै नगद १ लाख ५५ हजार ५ सय रुपैया आफ्नो कव्जामा पारेको हो । यस्तै प्रतियोगितामा द्धितिय हुदै साँस्कृतिक युवा समाजले ७५ हजार ५ सय ५५ रुपैयामा चित्त बुझाए भने प्रतियोगितामा तृतिय हुदै चाँदन युवा क्लब धनुषाले ३५ हजार ५ सय ५५ रुपैया नगद हात पारे । प्रतियोगितामा उत्कृष्ट खेलाडी बन्दै नन्दबक्स गणका क्याप्टेन कृष्ण राईले ५ हजार रुपैया नगद जिते भने उत्कृष्ट फरवार्ड सास्कृतिक युवा समाजका मनोज माझीले ५ हजार रुपैया नगद हात पारे । असोज २४ गते देखि २९ गते सम्म रामेछापको मन्थलीमा संचालित प्रथम रामेछाप कप (२०७५) खुल्ला फुटबल प्रतियोगितामा काठमान्डौ, भक्तपुर, धनुषा, दोलखा, सिन्धुली र रामेछाप जिल्लाको गरी जम्मा २९ वटा टिमले भाग लिएको थियो । शिवम सिमेन्टको मुख्य प्रायोजक रहेको उक्त प्रतियोगितालाई रामेछापका सम्पुर्ण स्थानियतहहरुले सहप्रायोजन गरेको हो भने दिपशिखा व्वाइज युनाइटेडले आयोजना गरिएको हो । प्रतियोगिताको ३ नम्बर प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश प्रसाद ढुङेलले उत्घाटन गर्नु भएको थियो । रामेछाप जिल्लालाई खेलकुदको क्षेत्रबाट चिनाउने उदेश्यले जिल्लाको सर्वाधक धनराशिको रामेछाप कप प्रतियोगिता सन्चालनमा ल्याएको आयोजक क्लवका अध्यक्ष सोनुकुमार रोकाले बताए ।
 

प्रतिकृया दिनुहोस

रामेछाप खाँडादेविमा वडाअध्यक्ष कप भलिबल प्रतियोगिता हुँदै ।। 

रामेछाप जिल्लाको खाँडादेवि गाउँपालिका वडा नम्बर ७ थान्सिङमा खाँडादेवि युवा क्लबको आयोजनामा खुल्ला वडा अध्यक्ष कप भलिबल प्रतियोगिता हुने भएको छ ।

ओख्रनीमा वडास्तरीय भलिबल तथा फुटबल प्रतियोगीता सम्पन्न ।। 

वडास्तरीय भलिबल तथा फुटबल प्रतियोगीता कार्यक्रम रामेछापको रामेछाप नगरपालिका वडा नं ६ ओख्रेनीमा सम्पन्न भएको छ ।वडा नं ६ ओख्रेनीको आयोजनामा पुर्व

प्रथम सुनापति शितल स्मृती भलिबल कप   प्रतियोगिता २०७५ हुदै ।। 

रामेछाप जिल्लाको सुनापति गाउँपालिका वडा नम्बर ३ हिलेदेवि वडाकार्यलयको आयोजनामा वार्षिक योजना युवा खेलकुद तथा बालबालिका क्षमता अभिवृद्धि