• ON AIRहजुरको खवर
  • UP NEXTरोजाई तपाईको

रामेछापमा टेलिकमको सेवा प्रभावकारी नभएको गुनासो, बीटीएस टावर भने बिस्तार गर्दै


नेपाल टेलिकम रामेछापले आफ्ना सेवाहरूको स्तरोन्नति गर्दै सेवाको गुणस्तर वृद्धि गर्न बीटीएस टावर नेटवर्क थप गर्ने कार्यलाई जोड दिएको छ । आफ्नो सेवालाई प्रभावकारी बनाउनका लागि जिल्लाका विभिन्न स्थानमा ३ वटा बीटीएस टावर थप गरिएको टेलिकम रामेछापले जनाएको छ । टेलीकमको सेवा प्रभावकारी नभएको गुनासो आइरहेको बेला जिल्लाको मन्थली नगरपालिका वडा नम्बर ९ पुरानागाउँ, मन्थली नगरपालिका वडा नम्बर ३ कठजोर र गोकुलगंगा गाउँपालिका वडा नम्बर १ शिवालयमा एक एक वटा बीटीएस टावर थप गरिएको टेलिकम रामेछापका प्रदिप कार्कीले जानकारी दिए । थप गरिएको तीनवटा सहित रामेछाप जिल्लाभर टेलिकमको २२ वटा बीटीएस टावर भएको छ । टावर थप गरेसँगै टेलिकमबाट प्रवाहा हुने सेवा सुविधामा सुधार आउने टेलिकम रामेछापले विश्वास लिएको छ ।  टेलिकमले ईन्टरनेट सेवालाई पनि प्रभावकारी बनाउने कार्यलाई निरन्तरता दिएको छ । जिल्लाको उमाकुण्ड गाउँपालिकामा पनि वोर्ड वाइण्ड इन्टरनेट जडान गरेको छ । यता सेवा प्रदायक निकाय तथा सर्वसाधारणहरुले भने टेलिकम रामेछापले प्रभावकारी सेवा प्रवाहा गर्न नसकेको गुनासो गर्ने गरेका छन् । 

प्रतिकृया दिनुहोस

केवलेश्वर वचत तथा ऋण सहकारी संस्था लि.को सातौँ साधरण सभा सम्पन्न ।

धेरै मिहेनत र वचत गरौँ,सुखी र सम्वृद्ध बर्नौँ भन्ने मुल नाराका साथ श्री केवलेश्वर वचत तथा ऋण सहकारी संस्था लिमिटेड रामेछाप नगरपालिका  ८ रामेछापको

अब उपल्लो र अपर खिम्ती जलविद्युत आयोजनामा काठमाडौंबाटै शेयर हाल्न पाइने ।

रामेछाप र दोलखा जिल्लाको सीमाना हुँदै बहने खिम्ती खोलामा निर्माणाधिन उपल्लो खिम्ती र अपर खिम्ती जलविद्युत आयोजनाले स्थानीय प्रभावितहरुको लागि

माथिल्लो तामाकोशीको शेयर बाँडफाँड आज हुने ।।  

निर्माणको अन्तिम चरणमा पुगेको दोलखा स्थित ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाले दोलखाबासीका लागि आज पहिलो चरणको शेयर बाँडफाँड