ट्रम्प र किमकाे भेट सिङ्गापुरमा हुने

अमेरिका र उत्तरकोरियाली नेताहरूबीच हुने भनिएको लामो समयदेखि प्रतिक्षा गरिएको शिखर सम्मेलन आगामी जुन १२ मा हुने भएको छ । 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प तथा उत्तर कोरियाली नेताबीच कोरियाली प्रायद्वीपमा लामो समयदेखि देखिँदै आएको तनाव अन्त्य गर्ने र उत्तर कोरियाको आणविक हतियारबारे विश्व समुदायबाट व्यक्त चासोका बिषयमा हुने वार्ता सिङ्गापुरमा जुन १२ मा हुने गरी तय भएको अमेरिकी राष्ट्रपति ट्रम्पले आफ्नो ट्वीटर पेजमा बिहीबार जानकारी दिएका छन् । यद्यपि यस बिषयमा थप कुरा भने सन्देशमा उल्लेख गरिएको छैन । 

The highly anticipated meeting between Kim Jong Un and myself will take place in Singapore on June 12th. We will both try to make it a very special moment for World Peace!

— Donald J. Trump (@realDonaldTrump) May 10, 2018

यस पहिले वार्ताको बिषयलाई लिएर जापानी प्रधानमन्त्री सिन्जो आबे, चिनियाँ प्रधानमन्त्री ली खछ्याङ, दक्षिण कोरियाली राष्ट्रपति मुन जाई–इनबीच छलफल भएको जापानी विदेश मन्त्रालयले जनाएको थियो । एसियाली नेताहरूको छलफललाई जापानी प्रधानमन्त्री आवेले अमेरिकी राष्ट्रपतिलाई जानकारी गराएका थिए । 

प्रतिकृया दिनुहोस

इन्डोनेसियाका विभिन्न चर्चमा आतंककारी हमला, नौ जनाको मृत्यु

  इन्डोनेसियाको दोस्रो ठूलो सहर सुराबियामा रहेका तीन वटा चर्चमा आतंककारी हमला भएको छ । इन्डोनेसिया, वैशाख ३० । इन्डोनेसियाको दोस्रो ठूलो सहर

९२ वर्षमा मलेसियाको प्रधानमन्त्री बन्दै महाथिर मोहम्मद, विश्वकै वृद्ध प्रधानमन्त्री बन्ने

मलेसियाका पूर्व प्रधानमन्त्री महाथिर मोहम्मदले आम चुनावमा ऐतिहासिक जित हासिल गरेका छन् ।  मलेसियाली चुनाव आयोगका अनुसार महाथिरको विपक्षी

काममा पेलाई र गाली सुनेपछि लाग्यो, विदेशमा काम गर्न शाखा सन्तान नजाउन

आजभन्दा ५ वर्ष अगाडि म रोजगारीका लागि युएई गएको थिएँ । त्यसबेला मेरो उमेर १९ वर्ष थियो । घरमा आमाबाले विदेश नजाउ, पढ भन्दा पनि म धेरै र छिट्टै पैसा