• ON AIRशुमधुर भजनहरु
  • UP NEXTनेपाली खवर

सिन्धुलीमा बस दुर्घटनामा परी मृत्यु हनेको संख्या ३  पुग्यो ।। 


सिन्धुलीको मरिणगाँउपालिका बाट काठमाडौँतर्फ जाँदै गरेको बस बि.पि.राजमार्गको सुनकोशी गाउँपालिका वडा न.५ मुलकोट स्थित रिट्ठेभिरमा बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ३ पुगेको छ । ४ जना घाइते भएका छन् । मृत्यु हुने तीनै जनाको सनाखत भएको सिन्धुली प्रहरीले जानकारी दिएको छ । मृत्यू हुनेमा सिन्धुली जिल्ला मरिण गाँउपालिक.वडा न.७ बस्ने बर्ष २८ को सोही बसको चालक राज कुमार लामा,सोहीठाउ बस्ने बर्ष २३ को अमित लामा र सिन्धुपाल्चोक जिल्ला सुनकोशि गाउँपालिका वडा न.८ बस्ने अन्दाजी २८र२९ बर्षको रबि खड्का रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । घाईते हरुमा सिन्धुपाल्चोक जिल्ला बलेफि गाउँपालिका वडा न.८ बस्ने बर्ष १८ को रोहन पराजुली ,गोर्खा जिल्ला ताल्ची बजार बस्ने बर्ष ३५ को हरि दाहाल, रामेछाप जिल्ला खाडादेबि गाउँपालिका ५ बस्ने बर्ष २५ को दिर्ग राज मोक्तान र सिन्धुली मरिण गाउँपालिका बस्ने बर्ष ३० को आशिष लामा रहेका छन । घाईतेहरु उपचारको लागि धुलिखेल अस्पताल पठाईएको प्रहरीले जनाएको छ । ना.६ ख ९१२ नम्बरको सुपर बासुकीको र काठमाडौंबाट सिन्धुलीको खुर्कोटतर्फ आँउदै गरेको बा.९९ प २५९७ नम्बरको मोटरसाइकल आज मध्यान्ह ११ बजे एकआपसमा ठक्कर खादा बस सडकबाट अन्दाजी ५०० मिटर तल सुनकोसी नदीमा खसेको थियो । दुर्घटनाको बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, सिन्धुलीका प्रमुख प्रहरी उपरिक्षक रामेश्वर यादवले बताए । २०६८ साल असोज २६ गते सोही स्थानबाट काठमाडौं जाँदै गरेको बस दुर्घटना हुँदा ४१ जनाको ज्यान गएको थियो।
 

प्रतिकृया दिनुहोस

रामेछापको भालुखोपमा  बोरिङबाट पानी निस्कियो ।। 

रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नम्बर ६ र ७ को सीमानामा पर्ने पर्यटकीयस्थल भालुखोप डाँडामा बोरिङ (ड्रील) प्रविधिबाट खानेपानी तान्ने कामको

सिन्धुलीमा ब्याट्री पड्किँदा दुई घर जले, आगो निभाउन जाँदा एक वृद्धा घाइते । 

सिन्धुलीको तीनपाटन गाउँपालिका–६ मा सोलारको ब्याट्री पड्किँदा दुई घर जलेर नष्ट भएको छ । बिहीबार भएको आगलागीबाट ७३ वर्षीय पूर्णबहादुर भुजेलका दुई घर

रामेछाप उमाकुण्डका वृद्ध दम्पतीले बत्तिस लाखको लागतमा बनाए मन्दिर । 

रामेछापको उमाकुण्ड गाउँपालिका–६ गुप्तेश्वरका एक वृद्ध दम्पतिले ३२ लाखको लागतमा शिव मन्दिर निर्माण गरेका छन् । विगठित संविधानसभा सदस्य दालकुमारी