• ON AIR
  • UP NEXTहजुरको समाचार

सिन्धुलीको रिठ्ठेभीरमा बस दुर्घटना, १ जनाको शव निकालियो ।।  


सिन्धुलीको सुनकोशी गाउँपालिका अन्तर्गत वीपी राजमार्गमा पर्ने रिठ्ठेभीरबाट यात्रुबाहक बस सुनकोशी नदीमा खसेको छ । सिन्धुलीकै मरिण गाउँपालिकादेखि काठमाडौं जाँदै गरेको ना ६ ख ९१२ नम्बरको बस सुनकोशी नदीमा खसेको इलाका प्रहरी कार्यालय खुर्कोटले जनाएको छ । प्रहरीका अुनसार १ जनाको शव निकालिएको छ भने पाँच जना घाइतेको उद्धार गरी उपचारका लागि सिन्धुली सदरमुकाम लगिएको छ । गाडीको पूर्ण भाग पानीमा डुबेकोले मृतको संख्या बढ्न सक्ने उद्धारमा खटिएका प्रहरीको अनुमान छ । दुर्घटनास्थलमा उद्धारका लागि प्रहरी टोली र स्थानीय खटिएका छन् । बसमा कति यात्रु सवार थिए र कति हताहती भन्ने बारे पूर्ण विवरण आउन बाँकी छ ।
 

प्रतिकृया दिनुहोस

रामेछापमा श्री मद्भागवत सप्ताह ज्ञान महायज्ञ हुँदै ।। 

रामेछाप नगरपालिका वडा नम्बर ८ रामेछाप बजार नजिकै रहेको श्री पशुपतिनाथ मन्दिर पाङगणमा श्री मदभावत सप्ताह ज्ञान महायज्ञ हुने भएको छ । पितृ उद्धार

अन्तराष्ट्रिय  समन्वय समाज दोलखाको प्रथम  अधिवेशन कार्तिक १० गते हुँदै

अन्तराष्ट्रिय समन्वय समाज दोलखाको प्रथम अधिबेशन यहि कार्तिक १० गते सदरमुकाम चरिकोटमा हुने भएको छ । प्रबासी दोलखाली युबाहरुको साझा तथा छाता संस्थाको

दशैंमा राजधानी जाने यात्रुसँग लुट्दै यातायात ब्यवसायीः यात्रुसँग दोब्बर भाडा असुली ।। 

दशै मनाएर रामेछापबाट राजधानी काठमाडौं जाने यात्रुहरु दोब्बर भाडा तिर्न बाँध्य भएका छन् । रामेछापका विभिन्न ठाउँबाट राजधानी प्रवेश गर्ने सवारी साधन