• ON AIR
  • UP NEXTबिभिन्न लोक गितहरु

सिन्धुलीको रिठ्ठेभीरमा बस दुर्घटना, १ जनाको शव निकालियो ।।  


सिन्धुलीको सुनकोशी गाउँपालिका अन्तर्गत वीपी राजमार्गमा पर्ने रिठ्ठेभीरबाट यात्रुबाहक बस सुनकोशी नदीमा खसेको छ । सिन्धुलीकै मरिण गाउँपालिकादेखि काठमाडौं जाँदै गरेको ना ६ ख ९१२ नम्बरको बस सुनकोशी नदीमा खसेको इलाका प्रहरी कार्यालय खुर्कोटले जनाएको छ । प्रहरीका अुनसार १ जनाको शव निकालिएको छ भने पाँच जना घाइतेको उद्धार गरी उपचारका लागि सिन्धुली सदरमुकाम लगिएको छ । गाडीको पूर्ण भाग पानीमा डुबेकोले मृतको संख्या बढ्न सक्ने उद्धारमा खटिएका प्रहरीको अनुमान छ । दुर्घटनास्थलमा उद्धारका लागि प्रहरी टोली र स्थानीय खटिएका छन् । बसमा कति यात्रु सवार थिए र कति हताहती भन्ने बारे पूर्ण विवरण आउन बाँकी छ ।
 

प्रतिकृया दिनुहोस

जुनार किसानका लागि १ दिने घुम्ती बाली उपचार शिविर सम्पन्न ।। 

रामेछापमा जुनारमा लागेको रोग किरा व्यवस्थापन तथा नियन्त्रणका लागि १ दिने शिविरको  आयोजना गरिएको छ । भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय कृषि

म आफु पनि हिंसा गर्दिन हिंसा गर्ने जो कोहिलाई पनि छोड्दिन नगर प्रमुख मगर ।। 

रामेछाप नगरपालिकाका नगर प्रमुख नर बहादुर थापा मगरले आफु  पनि हिंसा नगर्ने र हिंसा गर्ने जोकोहिलाई पनि नछाडिने बताउनुभएको छ । लैंङ्गिक हिंसा र

लिफ्टमार्फत घरमै पानी आइपुगेपछि रामपुर चारघरेबासी हर्षित ।।

तिर्थमाया तामाङ , घण्टौ लाएर खोला धाउँदा पनि पानी पाउनै मुस्किल पर्ने रामेछापको रामेछाप नगरपालिका वडा नं ५ रामपुरमा नेपाल रेडक्रस सोसाइटीले घरघरमै