• ON AIRनेपाल चौतारी
  • UP NEXTहजुरको समाचार

अन्तर्राष्ट्रिय बालिका दिवसको अवसरमा हजुरको रेडियोमा किशोरी बहस ।।


आज अक्टोबर ११, अन्तर्राष्ट्रिय बालिकादिवस विश्वभर विभिन्न कार्यक्रम गरेर मनाइदैछ । सातौं अन्तराष्ट्रिय बालिका दिवसको अवसर पारेर नेपालमा आज देशैभरीका सामूदायिक रेडियोमा किशोरीहरुले बहस गर्दैछन् । देशभरीका ३ सय सामूदायिक रेडियोमा ९०० जनाकिशोरीले आफ्नै सवालमा बहस गर्ने भएकाहुन् । किशोरीले आफंैले नेतृत्व गर्दै सामूदायिक रेडियोमा बहसमूल ककार्यक्रम गरेर समुदायमादेखिएकाबालिका र किशोरीको समस्यातथात्यसको न्युनिकरणका लागिआफ्नो नेतृत्वमाभइरहेकापहलबारे जानकारी गराउनेछन् । जसमा ३ सय किशोरी आजएकदिन रेडियो प्रस्तोताको भूमिकामा रहनेछन् भने प्रत्येक सामुदायिक रेडियोमा २ जना‘किशोरी अभियन्ता’कार्यक्रमको अतिथीको रुपमाबहसमा सहभागी हुनेछन् । हजुरको रेडियोमा  पनि आज बिहान  ९ बजे  किशोरीहरुले विशेष बहस गरेका छन् । हजुरको रेडियोमा  मिरा शाहिले  कार्यक्रम सञ्चालन गर्नुभयो भने रोश्नी श्रेष्ठ र प्रमिला शाहि अतिथिको रुपमा कार्यक्रममा भाग लिएर किशोरीहरुको सवालमा बहस गर्नुभयो । सामुदायिक रेडियोको अगुवाईमा जिल्लाका किशोरी अभियन्ताहरुलाई आमन्त्रण गरि किशोरीहरुबाटै रेडियो कार्यक्रम सञ्चालन हुनेछ । समुदायमाबालबालिकाको हकहितएवं संरक्षण तथाबालिकाएवं किशोरीहरुको जीवन परिवर्तन गर्न आफ्नातवरबाट भूमिकानिर्वाह गर्दै आएकाकिशोरीहरुले प्राप्त गरेका सफलताएवं सिकाइबारे आदानप्रदानगर्ने र विभिन्ननिकायहरुले निर्वाह गर्नुपर्ने भूमिकाबारे कार्यक्रममा छलफल हुनेछ । बालबालिकाको अधिकार र किशोरीको समानताका लागि क्रियाशील अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाप्लान इन्टरनेशनल नेपाल, सामुदायिक रेडियो प्रसारक संघ (अकोराव) र सीआईएनको संयोजनमा देशभरका ३ सय रेडियोमार्फत् यो ‘गल्र्स टेकओभर’ भइरहेको छ । किशोरीहरुलाई नियमित संलग्नताभन्दा फरक भूमिकाबहन गराएर उनीहरुको समस्या र मुद्धाबारे सरोकारवालानिकाय र आमजनमानसमाअवगत गराउने र आगामीदिनमापनि चेतनामूलकअभियानमाकिशोरीहरुलाई जागरुक गराउनु कार्यक्रमको उद्देश्यहो । गतवर्षको टेकओभरमा सहभागीभएका झण्डै ४० जनाकिशोरी अहिले विभिन्न रेडियो स्टेशनमा नियमित रुपमा कार्यक्रम प्रस्तोता भई काम गरिरहेका छन् । 

प्रतिकृया दिनुहोस

जुनार किसानका लागि १ दिने घुम्ती बाली उपचार शिविर सम्पन्न ।। 

रामेछापमा जुनारमा लागेको रोग किरा व्यवस्थापन तथा नियन्त्रणका लागि १ दिने शिविरको  आयोजना गरिएको छ । भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय कृषि

म आफु पनि हिंसा गर्दिन हिंसा गर्ने जो कोहिलाई पनि छोड्दिन नगर प्रमुख मगर ।। 

रामेछाप नगरपालिकाका नगर प्रमुख नर बहादुर थापा मगरले आफु  पनि हिंसा नगर्ने र हिंसा गर्ने जोकोहिलाई पनि नछाडिने बताउनुभएको छ । लैंङ्गिक हिंसा र

लिफ्टमार्फत घरमै पानी आइपुगेपछि रामपुर चारघरेबासी हर्षित ।।

तिर्थमाया तामाङ , घण्टौ लाएर खोला धाउँदा पनि पानी पाउनै मुस्किल पर्ने रामेछापको रामेछाप नगरपालिका वडा नं ५ रामपुरमा नेपाल रेडक्रस सोसाइटीले घरघरमै