• ON AIRहजुरको समाचार
  • UP NEXTबिभिन्न लोक गितहरु

सुकाजोरका वडाअध्यक्षले बाँडे घरघरमा गएर भत्ता । 

रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नम्बर ७ सुकाजोरले वडाका भत्ता पाउने नागरीकहरुलाई घरघरमा गएर सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ  ।  वडा नम्बर ७ सुृकाजोरका वडाअध्यक्ष समिर कार्कीले चुनावको बेला जनतालाई गरेको बाचा अनुसार घर घरमा गएर भत्ता बाँड्ने कार्यलाई निरन्तरता दिनुभएको छ । वडा अध्यक्ष कार्कीले घर घरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्नुभएको हो । वडा अध्यक्ष कार्कीले अशक्त, असहाय, तथा वृद्ध वृद्धा ,लोपन्मुख हायु जातिहरुलाई ध्यानमा राखेर घरमै पुगेर भत्ता वितरण गर्दै आएको बताउनुभयो । वडा नम्बर ७ सुकाजोरका विभिन्न गाँउटोलमा गएर २०७५,७६ को प्रथम चौमासिक भत्ता लगभग  ९० प्रतिशत वितरण कार्य सकिएको उहाँको भनाइ छ । अगामी दिनहरुमा पनि गाउँठाउँमा गएर भत्ता वितरण गर्ने कार्यलाई  निरन्तरर्ता दिने वडा अध्यक्ष कार्कीले बताउनुभयो । 

प्रतिकृया दिनुहोस

जुनार किसानका लागि १ दिने घुम्ती बाली उपचार शिविर सम्पन्न ।। 

रामेछापमा जुनारमा लागेको रोग किरा व्यवस्थापन तथा नियन्त्रणका लागि १ दिने शिविरको  आयोजना गरिएको छ । भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय कृषि

म आफु पनि हिंसा गर्दिन हिंसा गर्ने जो कोहिलाई पनि छोड्दिन नगर प्रमुख मगर ।। 

रामेछाप नगरपालिकाका नगर प्रमुख नर बहादुर थापा मगरले आफु  पनि हिंसा नगर्ने र हिंसा गर्ने जोकोहिलाई पनि नछाडिने बताउनुभएको छ । लैंङ्गिक हिंसा र

लिफ्टमार्फत घरमै पानी आइपुगेपछि रामपुर चारघरेबासी हर्षित ।।

तिर्थमाया तामाङ , घण्टौ लाएर खोला धाउँदा पनि पानी पाउनै मुस्किल पर्ने रामेछापको रामेछाप नगरपालिका वडा नं ५ रामपुरमा नेपाल रेडक्रस सोसाइटीले घरघरमै