• ON AIRहजुरको समाचार
  • UP NEXTबिभिन्न लोक गितहरु

प्रथम सुनापति शितल स्मृती भलिबल कप   प्रतियोगिता २०७५ हुदै ।। 


रामेछाप जिल्लाको सुनापति गाउँपालिका वडा नम्बर ३ हिलेदेवि वडाकार्यलयको आयोजनामा वार्षिक योजना युवा खेलकुद तथा बालबालिका क्षमता अभिवृद्धि कार्यक्रम अन्तर्गत प्रथम सुनापति शितल स्मृती भलिबल कप प्रतियोगिता हुने भएको छ । सुनापति गाउपालिका भित्रका खेलाडिहरुले सहभागिता जनाउन पाउने उक्त प्रतियोगितामा विजयी हुने टिमले प्रथम ,द्धितिय र तृतिय पुरस्कार क्रमश रु ५० हजार  , ३० हजार र २० हजारको साथमा सिल्ड मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन । खेल सुनापति गाउँपालिका वडा नम्बर ३ को हिलेदेवी साँदिडाँडामा  कातिक १ गते देखि कातिक ४ गतेसम्म  आयोजना हुनेछ । साथै उक्त कार्यक्रमको अवसरमा वृहत सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको छ । कार्यक्रममा विभिन्न ख्याती  प्राप्त कलाकारहरुले आफनो बेजोड सांगीतीक प्रस्तुती समेत दिनेछन ।  

प्रतिकृया दिनुहोस

रामेछाप जिल्ला स्तरीय पुरुष भलिबल प्रतियोगिता आजदेखि सुरु ।।  

रामेछाप जिल्लाको सदरमुकाम मन्थलीमा आजदेखि जिल्ला स्तरीय पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ  । नेपाल लोकतान्त्रीक खेलकुद संघ रामेछापको आयोजनामा

रामेछापमा जिल्ला स्तरी खुल्ला भलिवल प्रतियोगीता हुदै ।। 

रामेछापमा दोेश्रो वीर गणेशमान सिंह स्मृति रामेछाप जिल्ला स्तरी खुल्ला भलिवल प्रतियोगीता तथा खेलाडी सम्मान कार्यक्रम हुने भएको छ । यही मंसिर २५

रामेछाप खाँडादेविमा वडाअध्यक्ष कप भलिबल प्रतियोगिता हुँदै ।। 

रामेछाप जिल्लाको खाँडादेवि गाउँपालिका वडा नम्बर ७ थान्सिङमा खाँडादेवि युवा क्लबको आयोजनामा खुल्ला वडा अध्यक्ष कप भलिबल प्रतियोगिता हुने भएको छ ।