• ON AIRनेपाली खवर
  • UP NEXTसि आई एन समाचार

मावि मुगिटारको अभिभावक भेला सम्पन्न ।।


उमङ्ग मैनाली मन्थली रामेछाप ।। मन्थली नगरपालिका वडा नं ७ मा रहेको श्री रुद्राक्षेश्वर माध्यमिक विद्यालय मुगिटारको अभिभावक भेला आइतबार सम्पन्न भएको छ ।  विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष श्रीबहादुर माझीको अध्यक्षता तथा मन्थली नगरपालिका वडा नं ७ का वडा अध्यक्ष सुदर्शन प्रसाईको प्रमुख आतिथ्यतामा अभिभावक भेला सम्पन्न भएको थियो । शिक्षक अभिभावक संघको पूनर्गठन गर्ने उद्देश्यले आयोजना गरिएको भेलामा वडा सदस्यहरु, वडाका राजनैतिक दलका प्रतिनिधिहरु, छिमेकी विद्यालयका प्रधानाध्यापकहरु लगाएत अभिभावकहरुको उपस्थिति रहेको थियो ।  अभिभावक भेलाका क्रममा बोल्ने अधिकाँश शिक्षक, विद्यार्थी तथा अतिथिहरुले रुद्राक्षेश्वर माध्यमिक विद्यालय मुगिटारमा आवश्यक संरचनाहरु पप्र्याप्त बनिसेकेको हुँदा अव शैक्षिक गुणस्तर बृद्धि गर्दै जिल्लाकै नमूना विद्यालय बनाउे तर्फ लागि पर्नु पर्ने बताएका थिए । सोे क्रममा भूकम्पको समयमा विद्यालयको शैक्षिक बातावरणलाई सुढृड पार्न आर्थिक रुपमा सहयोग गर्नुहुने खाँडादेवी गाउँपालिका वडा नं ४ का समाजसेवी सुमित मैनाली, मन्थली नगरपालिका वडा नं ७ मुगिटार निवासी प्राध्यापक डा.दिनेशराज प्रसाईँ र मन्थली नगरपालिका वडा नं ७ बस्ने शिक्षक डिकबहादुर खड्कालाई प्रशंसा पत्र सहित सम्मान गरिएको थियो । त्यसैगरि विद्यालयले संचालन गरेका अतिरिक्त क्रियाकलापका क्रममा उत्कृष्ठ हुने छात्र छात्रालाई प्रमाण पत्र सहित शैक्षिक सामग्रीबाट पुरस्कृत गरिएको विद्यालयका प्रधानाध्यापक ध्रुबप्रसाद मैनालीले जानकारी दिनुभयो । 

प्रतिकृया दिनुहोस

रामेछापको भालुखोपमा  बोरिङबाट पानी निस्कियो ।। 

रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नम्बर ६ र ७ को सीमानामा पर्ने पर्यटकीयस्थल भालुखोप डाँडामा बोरिङ (ड्रील) प्रविधिबाट खानेपानी तान्ने कामको

सिन्धुलीमा ब्याट्री पड्किँदा दुई घर जले, आगो निभाउन जाँदा एक वृद्धा घाइते । 

सिन्धुलीको तीनपाटन गाउँपालिका–६ मा सोलारको ब्याट्री पड्किँदा दुई घर जलेर नष्ट भएको छ । बिहीबार भएको आगलागीबाट ७३ वर्षीय पूर्णबहादुर भुजेलका दुई घर

रामेछाप उमाकुण्डका वृद्ध दम्पतीले बत्तिस लाखको लागतमा बनाए मन्दिर । 

रामेछापको उमाकुण्ड गाउँपालिका–६ गुप्तेश्वरका एक वृद्ध दम्पतिले ३२ लाखको लागतमा शिव मन्दिर निर्माण गरेका छन् । विगठित संविधानसभा सदस्य दालकुमारी