• ON AIRनेपाल चौतारी
  • UP NEXTहजुरको समाचार

जिल्ला कारागार रामेछापमा १ कैदिको मृत्यु । 


जिल्ला कारागार कार्यलय रामेछापमा कैदि जिवन विताइरहेका एक पुरुषको  मृत्यु भएको छ  । रुपन्देहि जिल्ला साविकको टिकुलीगढ गाविस वडा नम्बर ९ घर भएका वर्ष ४० का सुशिल श्रेष्ठको मृत्यु भएको हो  । लागु औषध मुद्धामा ६ वर्ष जेल सजाय पाएका श्रेष्ठले ५ वर्ष ६ महिना बन्दि जिवन विताइसकेका थिए । मृतक श्रेष्ठ एक्कासी विरामी परेपछि उपचारका लागि जिल्ला अस्पताल  रामेछाप लैजाँदै गर्दा उनको मृत्यु भएको हो । उनको हृदयघातका कारण मृत्यु भएको मेडिकल रिपोर्टले देखाएको जिल्ला कारागार कार्यलय रामेछापका चौकिदार विकास बहादुर कार्कीले जानकारी दिनुभएको छ ।  

प्रतिकृया दिनुहोस

जुनार किसानका लागि १ दिने घुम्ती बाली उपचार शिविर सम्पन्न ।। 

रामेछापमा जुनारमा लागेको रोग किरा व्यवस्थापन तथा नियन्त्रणका लागि १ दिने शिविरको  आयोजना गरिएको छ । भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय कृषि

म आफु पनि हिंसा गर्दिन हिंसा गर्ने जो कोहिलाई पनि छोड्दिन नगर प्रमुख मगर ।। 

रामेछाप नगरपालिकाका नगर प्रमुख नर बहादुर थापा मगरले आफु  पनि हिंसा नगर्ने र हिंसा गर्ने जोकोहिलाई पनि नछाडिने बताउनुभएको छ । लैंङ्गिक हिंसा र

लिफ्टमार्फत घरमै पानी आइपुगेपछि रामपुर चारघरेबासी हर्षित ।।

तिर्थमाया तामाङ , घण्टौ लाएर खोला धाउँदा पनि पानी पाउनै मुस्किल पर्ने रामेछापको रामेछाप नगरपालिका वडा नं ५ रामपुरमा नेपाल रेडक्रस सोसाइटीले घरघरमै