• ON AIRबाल कोपिला
  • UP NEXTहजुरको समाचार

कांग्रेसका कार्यकर्ताहरुलाई चरित्रवान  वन्न आग्रह  ः दाहाल 


नेपाली काग्रेँस केन्द्रीय प्रशिक्षण प्रतिष्ठानका निर्देशक  एबं बरिष्ठ पत्रकार पुरुषोत्तम दाहालले नेपाली काग्रेसका कार्यकर्ताहरु असल र चरित्रवान वन्न आग्रह गरेका छन् । नेता कार्यकर्ताले आफनो  असल र चरित्रवान स्वभाव प्रर्दशन गर्न सके पार्टि र सिंगो लोकतन्त्रको संस्थागत बिकासमा सहयोग पुग्ने भन्दै उनले सोहि अनुरुपको ब्यवहार देखाउन सके मात्र सिंगो काँग्रेस जन प्रति जनताको बिश्वास बढ्ने  धारणा राखेका थिए । नेपाली कागँ्रेस जिल्ला समिति रामेछापले बिजया दशमी तथा शुभ दिपावाली र छट पर्बको अबसरमा  शनिवार आयोजना गरेको शुभकामना आदान प्रदान तथा आफनो पार्टि बाट स्थानीय तहमा निर्बाचित जन प्रतिनिधिहरुले खेल्नुपर्ने भूमिका को बारेमा प्रशिक्षण दिने उद्देश्यले सो कार्यक्रमको आयोजना गरिएको हो ।  अहिले नेपाली काग्रेस भित्र जन्मिएको बिभिन्न गुट र उपगुट लाई लक्षित गर्दै  नेपाली काग्रेसका कार्यकर्ताहरुले गुट र उपगुटका नाममा  बिभिन्न   उप बिश्व बिद्यालय हरु धाउने गरेकोले पनि गुटगत रुपमा नेता तथा कार्यकर्ता विभक्त हुँदा पार्टि भित्र समस्या आएको भन्दै सवैलाई उप विश्व विद्यालय हरु धाउन  छाडेर  सानेपामा रहेको पार्टि कार्यालयमा मात्र जान र सोहि बिश्वबिद्यालयमा गएर काँग्रेसको निति र सागठनिक कुरामा बहस गर्न  पनि दाहाल ले आग्रह गरे ।  पछिल्लो समयमा काँग्रेसका नेता तथा कार्यकर्ताहरुमा बैचारिक रुपमा स्खलन हुदै गएको कारण बिगतको संसदिय निर्बाचन र स्थानीय निर्बाचन मा समेत पार्टि पराजय हुनुपरेको भन्दै उनले यस तर्फ गम्भिर हुन पनि आग्रह गरे ।  कार्यक्रमका अवसरमा सहभागि कार्यकर्ताहरुले पार्टि भित्र मौलाएको गुटगत समस्यालाई निराकरण केन्द्रि स्तरवाटै गर्न आग्रह गरेका थिए । नेपाली काँग्रेस जिल्ला समितिका सभापति लबश्री न्योपानै को अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा नेपाली काग्रेसको तर्फबाट जिल्लाका बिभिन्न स्थानीय निकायमा निर्बाचित प्रमुख उप प्रमुख वडा अध्यक्ष र वडा सदस्यहरुलाई समेत सम्मान गरीएको थियो । त्यसैगरि भर्खर सम्पन्न नेपाल पे्रस युनियनको सम्पन्न जिल्ला अधिवेसनवाट र्विाचित पदाधिकारी,प्रदेश र केन्दिय प्रतिनिधिहरुलाई समेत सम्मान गरिएको थियो । कार्यक्रममा करिव ४ सय भन्दा वढि नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो । 



 
 

प्रतिकृया दिनुहोस

रामेछापको उमाकुण्डमा कांग्रेसको चियापन कार्यक्रम सम्पन्न ।।

नेपाली काँग्रेस उमाकुण्ड गाउपालिका  रामेछापले जिल्लाको उमाकुण्ड गाउपालिका स्थीत प्रीतिको च्यादलु डाडामा नजिकीदै गरेको बडा दशै,शुुभ दिपाली तथा छड

महिला शशक्तिकरण विना समाज परिवर्तन असम्भव – डा.सग्रौला

नेपाली काग्रेस की केन्द्रीय सदस्य एबं संघिय संसदकी सासद डा. डिला सग्रौलाले मुल्कका हरेक आन्दोलनमा महिलाहरुको पनि उत्तिकै भुमिका रहेको भन्दै महिला

बीपी कोइरालाको १०५ औं जन्मजयन्ती

  नेपालको प्रजातान्त्रिक आन्दोलन र साहित्यमा विशिष्ट योगदान पुर्‍याएका प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको १०५ औं