• ON AIRबाल कोपिला
  • UP NEXTहजुरको समाचार

रामेछाप नगरपालिकाको वडा नं ६ र ७ मा शैक्षिक सामग्री वितरण ।। 


लामो समयदेखि बालबालिकाको शैक्षिक क्षेत्रमा सहयोग गर्दै आएको प्रयास नेपाल सस्थाले शसक्रबार  रामेछापको रामेछाप नगरपालिका वडा नं ६ र ७ को धमीनीछाप र मुढाजोर विद्यालमा शैक्षिक सामाग्री वितरण गरिएको छ ।रामेछाप नगरपालिका प्रमुख नर बहादुर मगरको प्रमुख आतिथ्यतामा वडा नं ६ को कालिका आधारभुत विद्यालय ओख्रेनी धमीनीछाप र वडा नं ७ को महाकाली आधारभुत विद्यलय मुढाजोरमा शैक्षिक सामग्री वितरण गरिएको प्रयास नेपालका सस्थापक महासचिव एवम् प्रदेशसभा नेपाली कांग्रेस उम्मेदवार रत्न कार्कीले जानकारी दिनुभएको छ ।वडा नं ६ को कालिका आधारभुत विद्यालयमा इ सि डी देखि कक्षा ३ सम्मका विद्यार्थीहरुलाई दुई दुई दर्जन कपी,ब्ल्याकबोर्ड र व्याग वितरण गरिएको छ ।त्यसैगरी वडा नं ७ मुढाजोरको महाकाली आधारभुतमा अध्ययनरत १६ जना विद्यार्थीहरुलाई वीस वीस वटा कपी,जुता, स्कुल ड्रेस,ब्याग,क्यालकुलेटर र इ सि डी देखि कक्षा ५ सम्मका विद्यार्थीहरुलाई एक एक दर्जन कपी वितरण गरिएको छ । विशेषगरी वडा नं ७ को हायु,दलित,जनजाति एवम् गरिब परिवारका बालबालिकालाई विगत १० वर्षदेखि मुढाजोर स्कुलमा शैक्षिक सामग्री वितरण गर्दै आएको प्रयास नेपालले जानकारी दिएको छ ।प्रयास नेपालले रामेछापमा भुकम्पपछि अस्थायी घर टहरा,विद्यालय भवन निर्माणमा सहयोग गर्दै आएको छ ।
 

प्रतिकृया दिनुहोस

मावि मुगिटारको अभिभावक भेला सम्पन्न ।।

उमङ्ग मैनाली मन्थली रामेछाप ।। मन्थली नगरपालिका वडा नं ७ मा रहेको श्री रुद्राक्षेश्वर माध्यमिक विद्यालय मुगिटारको अभिभावक भेला आइतबार सम्पन्न भएको

खाँडादेवि गाउँपालिकाले थामी समुदायका बालबालिकाहरुको सम्पूर्ण पढाई खर्च व्यहोर्ने ।।

रामेछापको खाँडादेवी गाउँपालिकाले थामी समुदायका सम्पूर्ण बालबालिकाहरुको पढाई खर्च व्यहोर्ने भएको छ । हालसम्म समुदायबाट एकजनाले पनि एसइई उत्तीर्ण

कक्षा १२ को परीक्षाफल प्रकाशित

 कक्षा १२ को परीक्षाफल प्रकाशित भएको छ । राष्ट्रिय परीक्षा बोर्ड भक्तपुरले पहिलोपटक ग्रेडिङ  प्रणाली अनुसार १२ कक्षाको नतिजा प्रकाशित गरेको हो