• ON AIRहजुरको समाचार
  • UP NEXTबिभिन्न लोक गितहरु

मन्थली बजारको रोडमा पनि अब जेब्रा क्रशिङ ।।


जिल्ला ट्राफिक प्रहरी कार्यालयले ट्राफिक जनचेतना एबं परिमार्जित ऐन नियम सम्बन्धि सरोकार वालाहरु सँग अन्तरकृया कार्यक्रम मंगलबार संम्पन्न गरेको  छ ।  प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद शर्मा को अध्यक्षता रामेछाप क्षेत्र नं १ का प्रदेश सांसद  शान्ति प्रसाद पौडेलको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमका अबसरमा बिद्यमान मुलुकी ऐन  २०७४ का वारेमा कानुन ब्यवसायि झम्क कडेलले जानकारी गराउनु भएको थियो ।

कार्यक्रमका अबसरमा ट्रफिक नियम सम्बन्धि बृत्त चित्र समेत प्रदर्शन गरिएको थियो । सो अबसरमा बोल्दै नेकपा का सचिब आनन्द श्रेष्ठ,नेपाली काग्रेसका कोषाध्यक्ष कुमार श्रेष्ठ,नेपाल पत्रकार महासंघका अध्यक्ष रमेश ढुंगेल स्थानीय नबिन कार्की लगाएत अधिकांस बक्ताहरुले चार्डवार्डको समय नजिकीदै जाँदा यातायात ब्यबसायिहरुले यात्री सँग बढि भाडा असुल्ने सम्भावना रहेकाले त्यसको अनुगमन नियमति रुपमा गर्न एबं जिल्लाभरको भाडादर तत्काल समायोजन गर्न अनुरोध गरेका थिए । यसै बिच ट्राफिक प्रहरीले पैदल यात्रीलाई पेटिबाट हिडाउने अभियान थालेको छ भने तिब्र गतिमा दौडने सवारी साधनलाई बजार र बिद्यालय परिसरमा सिमित गतिमा हिडाउन थालेको छ ।  त्यसैगरी पैदल यात्रीलाई बाटो काटन सजिलो होस भन्ने उद्धेश्यले मन्थली बजारक्षेत्रको को सडकमा जेब्रा क्रसिङ निर्माण कार्य पनि सुरु गरेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय ले मन्थली नगरपालिका वडा नं १ सँग समन्वय गरी मन्थली नगरपालिकाको आर्थिक सहयोगमा ति अभियानहरु सुरु गरिएको ट्राफिक प्रहरी सहायक निरिक्षक रामेश्वर पाण्डे ले बताउनु भयो ।

प्रतिकृया दिनुहोस

जुनार किसानका लागि १ दिने घुम्ती बाली उपचार शिविर सम्पन्न ।। 

रामेछापमा जुनारमा लागेको रोग किरा व्यवस्थापन तथा नियन्त्रणका लागि १ दिने शिविरको  आयोजना गरिएको छ । भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय कृषि

म आफु पनि हिंसा गर्दिन हिंसा गर्ने जो कोहिलाई पनि छोड्दिन नगर प्रमुख मगर ।। 

रामेछाप नगरपालिकाका नगर प्रमुख नर बहादुर थापा मगरले आफु  पनि हिंसा नगर्ने र हिंसा गर्ने जोकोहिलाई पनि नछाडिने बताउनुभएको छ । लैंङ्गिक हिंसा र

लिफ्टमार्फत घरमै पानी आइपुगेपछि रामपुर चारघरेबासी हर्षित ।।

तिर्थमाया तामाङ , घण्टौ लाएर खोला धाउँदा पनि पानी पाउनै मुस्किल पर्ने रामेछापको रामेछाप नगरपालिका वडा नं ५ रामपुरमा नेपाल रेडक्रस सोसाइटीले घरघरमै