• ON AIRनेपाली खवर
  • UP NEXTसि आई एन समाचार

आफुले उत्पादन गरेका कृषि उपजले बजार नपाउँदा हिलेदेविका कृषक चिन्तीत ।। 


रामेछापको सुनापति गाउँपालिका वडा नम्बर ३ हिलेदेवीका कृषक आफु्ले फलाएका कृषि उपजले बजार नपाउँदा चिन्तीत भएका छन । सिजन अनुसार कृषकहरुले उत्पादन गरेका काँक्रा ,फर्सि,स्कुस हलुवावेद लगातका फलफुल तथा तरकारीले बजार नपाउँदा  बारीमा कुहिएर खेर गइरहेको सुनापति गाउँपालिका वडा नम्बर ३ हिलेदेवीका स्थानिय कृषक सिता कार्कीले बताउनुभयो । कृषकहरुले ८ रुपैयाँ किलो काँक्रा र फर्सि बेच्छु भन्दा पनि विक्रि नभएको कार्कीले गुनासो गर्नुभयो । हिलेदेविका विगतको वर्षहरुमा भन्दा यस वर्ष काँक्रा ,फर्सि,स्कुस हलुवावेद लगातका फलफुल तथा तरकारीहरुको उत्पादमा वृद्धि भएको कृषकहरुले बताएका छन । हिलेदेविका स्थानिय व्यापारी किरण श्रेष्ठका अनुसार गाउँमा खेर गइरहेको कृषि उपजहरु ८ रुपैया किलोमा पाउँदा पनि राजधानि काठमाण्डौँ लगातका सहरहरुमा लैजादा समेत आफुहरुलाई  घाटा परेकाले  समस्या आएको  बताउनुभयो । सुनापति  गाउँपालकाका ५ वटै वडाहरुमा कृषि उपज संकलन केन्द्र रहेको र कृषकहरुले उत्पादन गरेका कृषि उपजलाई काठमाण्डौ  लगातका मुख्य बजारहरुमा लैजाने काम भइरहेको सुनापति गाउँपालकाका अध्यक्ष धावा लामाले जानकारी दिनुभयो । अध्यक्ष लामाका अनुसार यो सिजनमा धेरै फलफुल तथा तरकारीहरु उत्पादन भएकाले कृषकले भनेँ जति रकम दिएर खरिद गर्न  नसकिएको बताउनुभयो । अहिले हिलेदेविमा रुखमा लटरम्म पाकेको हलुवावेद ,काँक्रा ,पर्सि त्यसै खेर गइरहेको छ ।  
 

प्रतिकृया दिनुहोस

रामेछापको भालुखोपमा  बोरिङबाट पानी निस्कियो ।। 

रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नम्बर ६ र ७ को सीमानामा पर्ने पर्यटकीयस्थल भालुखोप डाँडामा बोरिङ (ड्रील) प्रविधिबाट खानेपानी तान्ने कामको

सिन्धुलीमा ब्याट्री पड्किँदा दुई घर जले, आगो निभाउन जाँदा एक वृद्धा घाइते । 

सिन्धुलीको तीनपाटन गाउँपालिका–६ मा सोलारको ब्याट्री पड्किँदा दुई घर जलेर नष्ट भएको छ । बिहीबार भएको आगलागीबाट ७३ वर्षीय पूर्णबहादुर भुजेलका दुई घर

रामेछाप उमाकुण्डका वृद्ध दम्पतीले बत्तिस लाखको लागतमा बनाए मन्दिर । 

रामेछापको उमाकुण्ड गाउँपालिका–६ गुप्तेश्वरका एक वृद्ध दम्पतिले ३२ लाखको लागतमा शिव मन्दिर निर्माण गरेका छन् । विगठित संविधानसभा सदस्य दालकुमारी