• ON AIRदेउराली
  • UP NEXTमुख्य समाचार

नेपालीको स्वाभिमान सगरमाथाभन्दा पनि अग्लो छ : मोदी

 

 भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालीको स्वाभिमान सगरमाथाभन्दा अग्लो रहेको बताएका छन् ।

जनकपुरमा आयोजित नागरिक अभिनन्दन समारोहलाई सम्बोधन गर्दै उनले मिथिला संस्कृति अरुभन्दा धेरै माथि रहेकोसमेत बताए ।

‘जनकपुर आउँदा मलाई अन्त गएजस्तो महसुस भएकै छैन,’ उनले भने, ‘सबै आफ्ना जस्तो लागिरहेको छ ।’

नेपाल–भारत सम्बन्ध कुटनीति, राजनीतिभन्दा पनि माथि ‘प्रेम नीति’मा आधारित रहेको उनले बताए ।

नेपाल–भारत सम्बन्धको चर्चा गर्दै उनले भने, ‘जो मित्रको दुःखमा दुःखी हुँदैन, त्यस्ताको अनुहार हेर्दामात्र पनि पाप लाग्छ ।’ भारत जहिले पनि नेपालको विकास र उन्नति हेर्न चाहिरहेको उनको भनाइ थियो ।

विकासको पहिलो शर्त लोकतन्त्र हुने उनले बताए । नेपालमा लोकतान्त्रिक प्रणाली बलियो रहेको भन्दै उनले नेपालकै इतिहासमा पहिलो पटक सातै प्रदेशमा प्रादेशिक सरकार बनेको चर्चा गरे ।

आफ्ना नेपाली समकक्षी केपी ओलीले सुखी नेपाली, समृद्ध नेपालको सपना सजाएको उनले बताए । ओलीको यो सपना साकार होस् भन्ने कामना गर्दै उनले भारत सरकारले ‘सबैको साथ, सबैको विकास’ नारा लिएर अघि बढिरहेको चर्चासमेत गरे । उनले नेपालको विकासमा भारतले सघाउने विश्वाससमेत दिलाए ।

प्रतिकृया दिनुहोस

दोरम्बा हत्याकाण्ड दरबारको निर्देशनमा भएको  प्रचण्डको भनाई ।। 

 १५ वर्षअघि ९२०६० साल साउन ३२ गते०  भएको रामेछापको दोरम्बामा नरसंहार भएको थियो । आफ्ना पार्टीका कार्यकर्ताहरुको हत्या शाही नेपाली सेनाले नभई

कांग्रेस सभापति देउवालाई रामेछापमा भव्य स्वागत  ।।

नेपाली कांग्रेसका सभापति एवम पुर्व प्रधानमन्त्री शेरबहादुर देउवा  रामेछाप आइपुग्नु भएको छ । आज कांग्रेस सभापति देउवा , कांग्रेस नेता विजय कुमार

प्रधानमन्त्री ओलीले भनेः ‘चीनसँग गरिएको सम्झौताले चौतर्फी फाइदा पुग्छ

   प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो चीन भ्रमणमा भएका सहमति र सम्झौताबारे प्रतिनिधिसभाको बैठकलाई जानकारी दिएका छन्b प्रतिनिधिसभाको आजको