• ON AIRहजुरको समाचार
  • UP NEXTशिक्षा संवाद

बलात्कार र हिसा रोक्न माग गर्दे  महिला सञ्जालले बुझायोे ज्ञापन पत्र । 


अन्तरपार्टि महिला सञ्जाल रामेछापले आज जिल्ला प्रशासन कार्यालय रामेछाप  मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ । सञ्जलकी सचिब शान्ता पौडेल सापकोटा द्धारा हस्ताक्षरित ज्ञापन पत्रमा देश ब्यापी रुपमा महिला तथा बालबालिकाहरु माथि हिंसा र बलात्कारका घटनाहरु दिन प्रति दिन बढ्दै गैरहेको ले यस्ता घटनहरुलाई तत्काल रोक्न माग  गरिएको छ ।   कञ्चनपुरमा श्रावण १० गते १३ बर्षीया बालिका निर्मला पन्तको पासबिक ढंगले बलत्कार पछि हत्या गरिएको  घटना ले आफनो सञ्जाल र सदस्य हरुलाई दुखि तुल्याएको विज्ञप्तीमा जनाइएको छ । पछिल्लो समयमा अत्याधिक रुपमा हिंसा र वलात्कारका घटना वढेको र कतै बोक्सीको नाममा महिला माथि क्रूर यातना दिने काम भैरहेको,  पनि ज्ञापन पत्रमा उल्लेख गरिएको छ । त्यस्तै कतै प्रथा परम्पराको नाममा महिला माथि अपमान र तिरस्कार भैरहेको एबं कैलालीमा राधा चौधरीलाई बोक्सीको नाममा चरम यातना दिइएको जस्ता   घटना ले सञ्जाललाई दुखि तुल्याएको जनाइएको छ ।  ज्ञापनपत्रमा घटना घटेको दुई महिना वितिसक्दा पनि अझै अपराधिलाई कानुनको दायरामा ल्याउन नसकिएको, न्याय माग्न सडकमा निस्कीएका जनसमुदाय उल्टो प्रशासनिक दमनको शिकार बन्दा कतै सार्वजनिक पद धारण गरेका ब्यक्ति र शक्तिहरुले नै यो घटनाको ढाकछोप गरी अपराधीलाई संरक्षण गर्न खोजेको  कुरा उल्ल्ोख गरिएको छ ।  ज्ञापन पत्र सञ्जालकी सचिब शान्ता पौडेल सापकोटाले बाचन गरी प्रमुख जिल्ला अधिकारीलाई बुझाउनु भएको हो ।  ज्ञापन पत्र बुझदै प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद शर्माले ज्ञापन पत्रलाई आजै सम्बन्धित निकायमा पठाइदिने बताउनुभयो ।  

प्रतिकृया दिनुहोस

रामेछापमा श्री मदभागवत सप्ताह ज्ञान महायज्ञ हुँदै ।

रामेछाप नगरपालिका वडा नम्बर ८ रामेछाप बजार नजिकै रहेको श्री पशुपतिनाथ मन्दिर पाङगणमा श्री मदभावत सप्ताह ज्ञान महायज्ञ हुने भएको छ । पितृ उद्धार

अन्तराष्ट्रिय  समन्वय समाज दोलखाको प्रथम  अधिवेशन कार्तिक १० गते हुँदै

अन्तराष्ट्रिय समन्वय समाज दोलखाको प्रथम अधिबेशन यहि कार्तिक १० गते सदरमुकाम चरिकोटमा हुने भएको छ । प्रबासी दोलखाली युबाहरुको साझा तथा छाता संस्थाको

रामेछापको  गोगनेभिरमा जीप दुर्घटना तीनजनाको मृत्यु ।। 

रामेछापको  मन्थली नगरपालिकाको गोगनेभिरमा शनिबार बेलुकी भएको जीप दुर्घटनामा परी ज्यान जानेको संख्या तीन पुगेको छ । मन्थली नगरपालिका– ४ सालुको