• ON AIRनेपाल चौतारी
  • UP NEXTहजुरको समाचार

रामेछाप नगरपालिकाले दशैँ अगावै मुख्य सडकहरुको खाल्डा खुल्डी पुर्ने ।।


रामेछाप नगरपालिकाले नगरपालिका भित्रका मुख्य सडकहरुको   खाल्डाखुल्डी पुर्न सुरु गरेको रामेछाप  नगरपालिकाका प्रमुख नर बहादुर मगरले  बताउनु भएको छ  । नेपालीहरुको महान पर्व दशैँ नजिकिएसँगै सवारी आवागमनमा सहजहोस भनेर नगरपालिका भित्रका मुख्य सडकहरु मर्मत गर्न लागिएको नगरप्रमुख मगरले जानकारी दिनुभयो  । नगरपालिका अन्तर्गतका   भित्री सडकहरुको मर्मत दशै अगावै सम्पन्न गर्ने गरी काम सुरु भईसकको  समेत उहाँले  जानकारी दिनुभयो । अहिले रामेछाप सेलेघाट सडक मर्मत भइरहेको छ । रामेछाप नगरपालिकाको आफनै स्काइभेटर प्रयोग गरी सडक मर्मत गर्न लागिएको हो ।  दशैँको अवसरमा मुख्य सडकहरु मर्मत भइसकेपछि आगामी दिनमा अरु सहायक सडकहरु  पनि मर्मत गरिने नगरप्रमुख मगरको भनाई छ । सडकमा खाल्डा खुल्डी हुदाँ दुर्घटनाको सम्भावना बढेको भन्दै नगरपालिकाले स्थानीयको आग्रहमा मर्मतको काम सुरु गरेको हो ।  सडकको नाजुक अवस्थाका कारण सवारी साधन चलाउन तथा हिड्न समेत समस्या भएको स्थानीयहरुले गुनासो गरेका थिए । 

 

प्रतिकृया दिनुहोस

जुनार किसानका लागि १ दिने घुम्ती बाली उपचार शिविर सम्पन्न ।। 

रामेछापमा जुनारमा लागेको रोग किरा व्यवस्थापन तथा नियन्त्रणका लागि १ दिने शिविरको  आयोजना गरिएको छ । भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय कृषि

म आफु पनि हिंसा गर्दिन हिंसा गर्ने जो कोहिलाई पनि छोड्दिन नगर प्रमुख मगर ।। 

रामेछाप नगरपालिकाका नगर प्रमुख नर बहादुर थापा मगरले आफु  पनि हिंसा नगर्ने र हिंसा गर्ने जोकोहिलाई पनि नछाडिने बताउनुभएको छ । लैंङ्गिक हिंसा र

लिफ्टमार्फत घरमै पानी आइपुगेपछि रामपुर चारघरेबासी हर्षित ।।

तिर्थमाया तामाङ , घण्टौ लाएर खोला धाउँदा पनि पानी पाउनै मुस्किल पर्ने रामेछापको रामेछाप नगरपालिका वडा नं ५ रामपुरमा नेपाल रेडक्रस सोसाइटीले घरघरमै