• ON AIRनेपाल खबर
  • UP NEXTबाल कोपिला

महिलामाथि हुने हिंसाको बिरोधमा महिला संघ रामेछापले बुझायो ज्ञापनपत्र ।।


नेपाल महिला संघले आइतबार  कञ्चनपुरकी निर्मला पन्तको हत्या, लगाएत बलत्कार हिंसा ,महंगी कालोबजारी र सामाजिक असुरक्षाको बिरोधमा  जिल्ला प्रशासन कार्यालय रामेछाप मार्फत प्रधानमन्त्रीलाइ  ज्ञापन पत्र बुझाएको छ ।  महिला संघ को आयोजनामा  सरकार बिरुद्धका बिभिन्न नाराबाजी गर्दै मन्थली बजार परिक्रमा पश्चात जिल्ला प्रशासन कार्यालयमा पुगेको रयालीको प्रतिनिधि मण्डलले उक्त ज्ञापन पत्र बुझाएको हो । महिला संघ कि सभापति गंगा अधिकारीद्धारा हस्ताक्षरित ज्ञापन पत्रमा लोकतन्त्र र महिला अधिकारका लागि लामो समय देखि कृयाशिल नेपाल महिला संघको पछिल्लो समयमा कञ्चनपुरी १३ बर्षिया वालिका निर्मला पन्त माथि भएको वलत्कार पछिको हत्या र त्यस यताका दिनमा सयौ चेलिहरुमाथि भएको यौन हिंसा दुब्र्यवहार,बलत्कार र दर्जनौ को सख्यामा महिला हिंसाका घटनाहरु प्रति  गम्भिर ध्यानाकर्षण भएको छ जनाइएको छ ।  ज्ञापन पत्रमा प्रजातन्त्रको पुनःस्थापना,राजतन्त्रको अन्त्य र लोकतन्त्रको संस्थागत बिकासका क्रमसम्म  आइपुग्दा हाम्रो संगठनका अगुवाहरुले गरेको योगदानको हामी स्मरण गर्न चाहान्छौ । यस किसिमको गौरबपूर्ण इतिहास बोकेको हाम्रो संगठनलाई दैनिक रुपमा हुने गरेको वाल दुब्र्यवहार र महिला हिंसाका घट्नाले निक्कै पिडाबोध गराएको कुरा पनि उल्लेख छ  ।   मुलुकमा एक पछि अर्को हुँदै आएका महिला हिंसाका घटना र पछिल्लो समयमा कञ्चनपुरकी वालिका निर्मला पन्त माथि भएको क्रुुरता र अमानबिय ब्यवहारका  घट्नामा राज्य पक्षका उच्च तहका ब्यक्ति र तिनका आफन्तहरु को संम्लग्नतालाई समेत पुष्टी गरेको छ । तर पनि सरकारले उक्त घटनालाई ढाकछोप गर्दै अपराधिलाई जोगाउने प्रयास गरीरहेको छ । उक्त घटनामा संम्लग्न अपराधिको पहिचाहन गरी निजहरुलाई कार्वाहि  गरी पिडित पक्षलाई न्यायको अनुभुति दिलाउन हाम्रो संगठन  जोडदार माग गर्दछ । ज्ञापन पत्रमा भनिएको छ ।  ज्ञापन पत्रमा कञ्चनपुर मात्र नभएर मुलुकका अधिकांस स्थानमा दिनहु जसो महिला तथा वालवालिका माथि यौन दुब्यवहार हुने क्रमले निरन्तरता पाइरहेको र  त्यति मात्र नभएर एक महिना अघि सदरमुुुुुुुुुुुुुुुुुुुकाम मन्थली स्थीत जिल्ला प्रशासन कार्यालय नजिकै बस्दै आएका जिल्ला समन्वय समितिका कार्यक्रम अधिकृत नारायण सुबेदी माथि पनि साँघातिक आक्रमणको घटना पनि जिल्लाको सन्दर्भमा उत्तिकै रहस्य बनेको कुरा लेखिएको छ ।  राज्यले उक्त घट्नाका दोषि र बास्तबिक तथ्यलाई  बाहिर ल्याउन सकेको छैन । यसले पनि राज्य को सुरक्षा संयन्त्र माथि अर्को प्रश्न चिन्ह् खडा गरेको छ । जुन घटनाले पनि नेपाल महिला संघ लाई दुःखि बनाएको छ । नेपाल महिला संघ दोषि पत्ता लगाई  दोषिमाथि कार्बाहि गर्न जोडदार माग गरिएको कुारा ज्ञापन पत्रमा उल्लेख छ ।    ज्ञापन पत्रमा एक पछि अर्काे हुने गरेका महिला हिंसा , बलत्कार र अत्याचारका घट्ना सँगै सरकारले मुल्य बृद्धिलाई प्रस्रय दिइरहेको  कारण मुलुकभर कालोबजारी मौलाएको  , दैनिक उपभोग्य सामाग्री र निर्माण सामाग्री लगाएत सबै किसिमका सामाग्रीको पनि मुल्य बृद्धि , पेट्रोलियम पदार्थको मुल्य बृद्धि सँगै बजारमा देखिएका अराजकता लाई पछिल्लो समयमा यातायात ब्यवसायिहरुले  पनि निरन्तरता दिएकोले  परिणाम त नजिकिदै गएको दशै र तिहार जस्ता चार्डपर्बको मुखमा आएर सरकार यातायतको भाडा बढाएर यातायात ब्यवसायिहरु माझ घुडाटेक्न बाध्य भएको कुरापनि उल्लेख गरिएको छ ।    यि याबत समस्याका बिरुद्धमा हाम्रो संगठनले चलाएको अभियानलाई सरकारले सम्बोधन गरोस भन्ने हाम्रो माग रहेको छ । त्यसलाई कमजोरीका रुपमा नलिदिनुहुनका लागि पनि हामी सरकारसँग जोडदार माग गर्दछौ ।  अन्यथा नेपाल महिला संघ यी र यस्ता खाले घट्नाका बिरुद्ध जस्तो सुकै कदम चाल्न पनि बाध्य हुने छ भन्ने कुरा पनि ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।  ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद शर्माले यहाहरुको मागहरु सहितको ज्ञापन पत्र आजै सम्बन्धित निकायमा पठाइदिने र जिल्लाको समस्या समाधानका लागि आफु लागिपर्ने कुरा लाई जोड दिनुभयो । 
 


 

प्रतिकृया दिनुहोस

रामेछापमा श्री मदभागवत सप्ताह ज्ञान महायज्ञ हुँदै ।

रामेछाप नगरपालिका वडा नम्बर ८ रामेछाप बजार नजिकै रहेको श्री पशुपतिनाथ मन्दिर पाङगणमा श्री मदभावत सप्ताह ज्ञान महायज्ञ हुने भएको छ । पितृ उद्धार

अन्तराष्ट्रिय  समन्वय समाज दोलखाको प्रथम  अधिवेशन कार्तिक १० गते हुँदै

अन्तराष्ट्रिय समन्वय समाज दोलखाको प्रथम अधिबेशन यहि कार्तिक १० गते सदरमुकाम चरिकोटमा हुने भएको छ । प्रबासी दोलखाली युबाहरुको साझा तथा छाता संस्थाको

रामेछापको  गोगनेभिरमा जीप दुर्घटना तीनजनाको मृत्यु ।। 

रामेछापको  मन्थली नगरपालिकाको गोगनेभिरमा शनिबार बेलुकी भएको जीप दुर्घटनामा परी ज्यान जानेको संख्या तीन पुगेको छ । मन्थली नगरपालिका– ४ सालुको