• ON AIRबाल कोपिला
  • UP NEXTहजुरको समाचार

रामेछापको मन्थली बचतको नाफा १ करोड २७ लाख ।। 


रमेश ढुंगेल मन्थली , रामेछाप  ।। 
मन्थली बचत तथा क्रण सहकारी संस्था ले गत आर्थिक बर्ष २०७४÷७५ मा १ करोड २७ लाख ३६ हजार ७ सय त्रियासी रुपैया खुद नाफा कमाएको छ ।  शनिबार मन्थलीमा आयोजना गरिएको उक्त सहकारीको २१ औ साधारण सभाका अबसरमा संस्थाका कोषाध्यक्ष सुरेस श्रेष्ठले उक्त नाफा भएको जानकारी गराएका हुन ।    कुल ११ हजार ७ सय उनन्तिस सेयर सदस्यहरु रहेको यस संस्थामा ५ करोड ७० लाख, ३९ हजार ७ सय शेयर पँुजी रहेको बचत संकलन बाट प्राप्त ५५ करोड ३४ लाख ७० हजार ३ सय तेइस  रुपैया र ऋण लगानी बाट प्राप्त ५२ करोड २५ लाख ४५ हजार ५ सय पचासी रुपैया प्राप्त भएको  कोषाध्यक्ष श्रेष्ठ द्धारा प्रस्तुत आर्थिक प्रतिबेदनमा जनाइएको छ ।  त्यसैगरी संस्थाको हाल सम्मको कुल सम्पत्ति ७० करोड ३७ लाख ८१ हजार ६ यस एक्काइस रहेको पनि  सो अबसरमा जानकारी गराइएको थियो  । सो असबरमा संस्थाका सचिब गोबिन्द प्रसाद घिमिरेले गत आर्थिक बर्षको सांगठनिक प्रतिबेदन प्रस्तुत गर्नु का साथै चालु आर्थिक बर्षको लागि निति तथा कार्यक्रम प्रस्तुत गर्नु भएको थियो ।  सो अबसरमा सचिब घिमिरेले जिल्लाको अग्रणी सहकारीको रुपमा रहेको यस बचत तथा ऋण सहकारी संस्थाले आफ्नो कार्य कुशलता निति र बिधिका आधारमा संस्था एसियालि मापदण्डमा पुग्ने चरणमा रहेको भन्दै यसले आगामी एक बर्ष भित्र पूर्णता प्राप्त गर्ने जानकारी समेत दिए ।  सो अबसरमा घिमिरेले गत आर्थिक बर्षमा  सहकारीले ३ नं प्रदेश अन्तर्गत राष्ट्रिय सहकारी महासंघबाट  उत्कृष्ठ सहकारी ब्यवसाय पुरस्कार प्राप्त गर्न सफल रहेको कुरा जानकारी गराइएको थियो । संस्थाका अध्यक्ष धु्रब प्रसाद सुबेदीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको उदघाटन जिल्ला समन्वय समितिका प्रमुख प्रेम बहादुर खडकाले गरेका थिए । सो अबसरमा उनले सहकारीको अभियानले जिल्लाको बिकासमा महत्वपुर्ण भुमिका खेल्ने भन्दै मन्थली बचत  लाई पनि सोहि अभियानमा अग्रसर हुन आग्रह गरेका थिए । कार्यक्रमका बिशिष्ट अतिथि एबं मन्थली नगरपालिकाका प्रमुख रमेश कुमार बस्नेतले मन्थली नगरपालिकालाई उत्पादन मुखी र सभ्य नगरपालिकाका रुपमा बिकास गर्नका लागि सहकारीको महत्वपूर्ण भुमिका रहने कुरालाई जोड दिनु भयो । साधारण सभामा प्रमु जिल्ला अधिकारी कृष्ण प्रसाद शर्मा, जिल्ला सहकारी संघका कार्यवहक हिमाल ढुङ्गेल, जिल्ला सहकारी संघका महासचिब जेएन दाहाल, नेपाल पत्रकार महासंघका अध्यक्ष रमेश ढुङ्गेल, पत्रकार बद्री नयाँघरे लगायतका वक्ताहरुले सुभकामना व्यक्त गरेका थिए । 
पत्रकार नयाँँघरे  पनि सम्मानित
मन्थली बचत तथा क्रण सहकारी संस्थाले आफनो २१ औ साधरण सभाको अवसर पारेर  मन्थली बचत तथा क्रण सहकारी संस्था ले नेपाल पत्रकार महासंघ ३ न. प्रदेशका सदस्य एबं  पत्रकार बद्रि नयाँघरे  लाई उत्कृष्ठ सहकारी पत्रकारीता पुरस्कार बाट सम्मान गरेको थियो । संस्थाले नयाँघरेलाई शनिबार साधारणसभाको औपचारिक कार्यक्रम मार्फत नगद पाँच हजार, दोसल्ला र प्रमाण पत्रवाट सम्मान गरेका हो । उहाँलाई प्रमु अतिथि जिल्ला समन्वय समिति रामेछापका प्रेम बहादुर खड्का र मन्थली नगरपालिकाका प्रमुख रमेश कुमार बस्नेतले संयुक्त रुपमा सम्मान गर्नु भएको थियो । त्यसैगरी उत्कृष्ठ बचत कर्ता, बाल बचत, असल ऋणि समेत करिब १ सय ५०  भन्दा  बढि शेयर सदस्हरुलाई लाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको थियो । 


 

प्रतिकृया दिनुहोस

दशैंमा राजधानी जाने यात्रुसँग लुट्दै यातायात ब्यवसायीः यात्रुसँग दोब्बर भाडा असुली ।। 

दशै मनाएर रामेछापबाट राजधानी काठमाडौं जाने यात्रुहरु दोब्बर भाडा तिर्न बाँध्य भएका छन् । रामेछापका विभिन्न ठाउँबाट राजधानी प्रवेश गर्ने सवारी साधन

रामेछापमा टेलिकमको सेवा प्रभावकारी नभएको गुनासो, बीटीएस टावर भने बिस्तार गर्दै

नेपाल टेलिकम रामेछापले आफ्ना सेवाहरूको स्तरोन्नति गर्दै सेवाको गुणस्तर वृद्धि गर्न बीटीएस टावर नेटवर्क थप गर्ने कार्यलाई जोड दिएको छ । आफ्नो

आजदेखि दशैंकालागि नयाँनोट साट्न पाइने ।।

नेपाल राष्ट्र बैंकले आजदेखि दशैंकालागिनयाँनोट साट्ने भएको छ ।राष्ट्र बैंकले ५, १०, २०, ५० र १०० दरकानयाँनोटको सटही खुला गरेको हो ।राष्ट्र