• ON AIR
  • UP NEXTलोकदोहोरी गितहरु

९२ वर्षमा मलेसियाको प्रधानमन्त्री बन्दै महाथिर मोहम्मद, विश्वकै वृद्ध प्रधानमन्त्री बन्ने

मलेसियाका पूर्व प्रधानमन्त्री महाथिर मोहम्मदले आम चुनावमा ऐतिहासिक जित हासिल गरेका छन्  

मलेसियाली चुनाव आयोगका अनुसार महाथिरको विपक्षी गठबन्धनले चुनावमा ११५ सिटमा जित हात पारेको मलेसियामा सरकार बनाउन ११२ सिट आवश्यक पर्छ  

९२ वर्षीय महाथिर मोहम्मले बारिसन नेसनल(बीएन) गठबन्धनलाई नराम्रोसँग हराएका छन् पार्टी पछिल्लो ६० वर्षदेखि सत्तामा रहेको  जितपछि पत्रकारहरुसँग कुरा गर्दै महाथिरले भने, ‘हामीले कुनै पनि बदला चाहेका छैनौँ, हामी कानुनी शासन मात्रै ल्याउन चाहेका हौँ

उनका अनुसार बिहीबार सपथग्रहण हुनेछ सपथग्रहणपछि महाथिर विश्वकै वृद्ध निर्वाचित नेता हुनेछन् सपथग्रहण समारोहका लागि बिहीबार शुक्रबार मलेसियामा सार्वजनिक बिदा दिइएको  

मतपरिणाम सार्वजनिक भएसँगै महाथिरका समर्थक सडकमा विजयोत्सव मनाइरहेका छन् बीएन तथा प्रमुख पार्टी संयुक्त मेलेसिया राष्ट्रिय संगठन (यूएमएनओ) सन् १९५७ मा ब्रिटेनबाट स्वतन्त्रता पाएसँगै सत्तामा रहेको थियो तर केही सालदेखि यसको लोकप्रियता कम हुँदै गइरहेको थियो त्यसैको परिणामस्वरुप उसले आम चुनावमा ७९ सिटमा जित हात पार्यो सन् २०१३ को चुनावमा विपक्षी पार्टीले लोकप्रिय मत प्राप्त गरे पनि सरकार बनाउन भने सफल भएन   

यसपल्ट महाथिर मोहम्मदले प्रधानमन्त्री नजीक रजाकविरुद्ध आक्रामक रुपमा प्रचार गरेका थिए महाथिर मोहम्मद आफै पनि बीएनका हिस्सा रहेका थिए उनी नजीबको राजनीतिक गुरु पनि हुन् तर उनले पार्टी भ्रष्टाचारमा लिप्त भएको भन्दै आफूलाई पार्टीबाट अलग गरेका थिए उनले भनेका थिए, ‘जुन पार्टी भ्रष्टाचारको समर्थन गर्छ उसँग रहनु भनेको अपमानित हुनु हो महाथिर मोहम्मदलाई आधुनिक मलेसियाका निर्माताका रुपमा चिनिन्छ  

                                        

प्रतिकृया दिनुहोस

परमाणु निःशस्त्रीकरण गर्ने अमेरिकी आशा

   अमेरिकी विदेशमन्त्री माइक पोम्पियोले आगामी साढे २ वर्षभित्रै उत्तरकोरियाले ठूलो मात्रामा परमाणु निःशस्त्रीकरण गर्ने आशा व्यक्त गरेका छन्

जुवाडे पतिको कर्तुत : जुवामा हारेपछि सुम्पिदिए पत्नी

भारतको ओडिसामा विचित्रको घटना प्रकाशमा आएको छ । एक जुवाडे पतिले जुवामा आफ्नै पत्नी दाउमा राख्दा हारेपछि आफैंले पत्नीको साडी फुकालिदिएर कथित रुपमा

आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट

मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक