• ON AIRबाल कोपिला
  • UP NEXTहजुरको समाचार

विदेशमा ज्यान गुमाएका व्यक्तिको क्षतिपूर्ति लिन हकदार आएनन्

वैदेशिक रोजगारीको सिलसिलामा मृत्यु भएका व्यक्तिको नाममा आएको क्षतिपूर्ति रकम लिन नुवाकोटका केही हकदार सम्पर्कमा आएका छैनन् । 

मृतकका हकदार तथा आफन्तलाई जानकारी गराए पनि रकमको दाबी गर्न हकदार एवं आफन्त नआएको जिल्ला प्रशासन कार्यालयका लेखापाल राम्जी लम्सालले जानकारी दिनुभयो । 

उहाँको अनुसार २०६९ सालदेखि हालसम्म वैदेशिक रोजगारको सिलसिलामा विदेशमा ज्यान गुमाएका १२ जनाको सात लाख ८५ हजार रकम प्रशासनको खातामा थन्किएको छ । 

“वैदेशिक रोजगारीमा रहँदा दुर्घटना तथा भवितव्य मृत्यु भएका व्यक्तिको लागि कम्पनीले क्षतिपूर्तिबापतको रकम प्रशासनमार्फत हकदारलाई उपलब्ध गराएको छ” लम्सालले भन्नुभयो, “रकम आएको जानकारी मृतकको ठेगानाका हकदार देखिएकालाई पत्र र हकदार पहिचान नहुँदा आफन्तलाई विभिन्न माध्यमबाट जानकारी गराए पनि रकम लिन आएका छैनन् ।” 

प्रशासन कार्यालयका अनुसार आर्थिक वर्ष २०६९ र ७० मा ज्यान गुमाएका चारजना र आव २०७२ देखि चालू आवसम्म आठजनाको रकम प्रशासनको खातामा नै थन्किएको हो । पछिल्लो दुई वर्षमा नुवाकोटबाट वैदेशिक रोजगारीको क्रममा ज्यान गुमाएका २३ जनाको क्षतिपूर्ति रकम प्रशासनमा आएको थियो । 

लेखापाल लम्सालका अनुसार ज्यान गुमाउनेको क्षतिपूर्ति रकम कम्पनी नियमअनुसार १० हजारदेखि ५५ लाख ४० हजार रुपैयाँसम्म आएको छ । कम्पनीको वर्गीकरण, बीमा, मृत्युको कारण, कानूनी उपचारलगायतले क्षतिपूर्ति रकम फरक फरक आउने गरेको छ । 

प्रतिकृया दिनुहोस

कतारमा गायक प्रकाश कटुवाललाई सम्मान ।। 

 उद्धव मगर दोहा कतार । रामेछाप दोहा सम्पर्क समाज र प्रदेश नं ३ समन्वय परिषदद्धारा गायक प्रकास कट्टुवालाई दोहा नजमामा रहेको रोयल रेष्टुरेण्टमा एक

अप्पर र उपल्लो खिम्ती जलबिद्युत आयोजनाको काम सत्तरी प्रतिशत सकियो । 

रामेछाप जिल्लाको गोकुलगंगा गाउपालिकावडा नं १ को गर्जाङमा निर्माणाधिन २ वटा जलबिद्युत आयोजनाको काम अन्तिम चरणमा पुगेको छ ।   उपल्लो खिम्ती १२

अन्तर्राष्ट्रिय नेपाली समाज (नयाँ शक्ति) कतारको पहिलो अधिवेशन सम्पन्न

 अन्तर्रास्ट्रिय नेपाली समाज (नयाँ शक्ति) कतारले संगठनको प्रथम अधिवेशन सम्पन्न गरेको छ । नयाँ शक्ति पार्टी नेपालको प्रवास संगठन अन्तर्रास्ट्रिय