• ON AIRनेपाल खबर
  • UP NEXTबाल कोपिला

रामेछापमा संबिधान दिबस बिबिध कार्यक्रमका साथ मनाइने । 


यहि असोज ३ गते पर्ने  संबिधान दिबस रामेछापको मन्थली र रामेछाप बजारमा पनि  बिबिध कार्यक्रमका साथ मनाइने भएको छ ।  जिल्ला समन्वय समितिका प्रमुख एबं संबिधान दिबस आयोजक मुल समारोह समितिका संयोजक प्रेम बहादुर खड्काको अध्यक्षतामा सोमबार बसेको सर्बपक्षिय बैठकले संबिधान दिबस बिबिध कार्यक्रमका साथ भब्य रुपमा मनाउने निर्णय गरेको हो ।  सो अबसरमा असोज २, ३ र ४ गते दिपावली गर्ने र ३ गते  बिहान प्रभातफेरी कार्यक्रम गर्ने जनाइएको छ ।  ३ गते बिहान  बिपि चोकमा जम्मा भई वजागाजा सहितको ¥याली ट्राफिक चोकमा पुग्ने र त्यहि कोण सभा गरी अन्त्य गर्ने कार्यक्रम तय भएको छ ।   दिबस मनाउन सबै निजामति कर्मचारीहरु निजामतिपोशाकमा उपस्थित हुनुपर्ने , सबै संघ, संस्था  र जिल्ला सदरमुकाममा रहेका माध्यामिक बिद्यालयका शिक्षक शिक्षिकाहरुलाई अनिबार्य आ आफ्नो ब्यानरमा उपस्थित हुन अनुरोध गर्ने निर्णय समेत गरिएको छ ।   यस्तै रामेछाप नगरपालिकाले पनि असोज ३ गते संविधान दिवसको अवसरमा र्याली सहित दिप प्रज्वलन गर्दैछ । 


 

प्रतिकृया दिनुहोस

रामेछापमा श्री मदभागवत सप्ताह ज्ञान महायज्ञ हुँदै ।

रामेछाप नगरपालिका वडा नम्बर ८ रामेछाप बजार नजिकै रहेको श्री पशुपतिनाथ मन्दिर पाङगणमा श्री मदभावत सप्ताह ज्ञान महायज्ञ हुने भएको छ । पितृ उद्धार

अन्तराष्ट्रिय  समन्वय समाज दोलखाको प्रथम  अधिवेशन कार्तिक १० गते हुँदै

अन्तराष्ट्रिय समन्वय समाज दोलखाको प्रथम अधिबेशन यहि कार्तिक १० गते सदरमुकाम चरिकोटमा हुने भएको छ । प्रबासी दोलखाली युबाहरुको साझा तथा छाता संस्थाको

रामेछापको  गोगनेभिरमा जीप दुर्घटना तीनजनाको मृत्यु ।। 

रामेछापको  मन्थली नगरपालिकाको गोगनेभिरमा शनिबार बेलुकी भएको जीप दुर्घटनामा परी ज्यान जानेको संख्या तीन पुगेको छ । मन्थली नगरपालिका– ४ सालुको