• ON AIRबाल कोपिला
  • UP NEXTहजुरको समाचार

खाँडादेवि गाउँपालिकाले थामी समुदायका बालबालिकाहरुको सम्पूर्ण पढाई खर्च व्यहोर्ने ।।

रामेछापको खाँडादेवी गाउँपालिकाले थामी समुदायका सम्पूर्ण बालबालिकाहरुको पढाई खर्च व्यहोर्ने भएको छ । हालसम्म समुदायबाट एकजनाले पनि एसइई उत्तीर्ण नगरेका सो समुदायका बालबालिकाको सम्पूर्ण पढाई खर्च गाउँपालिकाले व्यहोर्न लागेको खाँडादेवी गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर तामाङले बताउनुभयो। नेपालकै अति सिमान्तकृत र विपन्न थामी समुदायका बालबालिकाहरुले अब पढ्नको लागि कुनै खर्च गर्नु नपर्ने भएको छ । गाउँपालिका भित्र अध्ययन गर्ने सम्पूर्ण ६६ जना थामी समुदायका बालबालिकालाई गाउँपालिकाले पहिलो चरणको विद्यालय सामाग्री वितरण गरेको छ । विद्यार्थीहरुलाई स्कुल झोला, विद्यालय पोशाक, जुत्ता मोजा, कपि कलम लगायतका सामग्रिहरु प्रदान गरिएको हो । उनीहरुलाई पहिलो चरणमा यी सामाग्रीहरु वितरण गरिएको भए पनि आवश्यकताअनुसार थप सामान नियमित प्रदान गरिने गाउँपालिकाका अध्यक्ष प्रेम तामाङले बताउनुभयो । उनीहरुले पढेसम्म पढ्न लाग्ने सबै खर्च गाउँपालिकाले व्यहोर्ने अध्यक्ष तामाङले जानकारी दिनुभयो । यो सहयोग प्राथमिक तहदेखि उच्च शिक्षा अध्ययन गर्नेसम्मलाई हुने पनि उहाँले बताउनुभयो । गाउँपालिकाले नीति नै बनाएर उनीहरुलाई नियमित सहयोग गर्ने व्यवस्था मिलाएको उहाँले जानकारी दिनुभयो । उहाँले खाँडादेवी गाउँपालिकाभरि माध्यमिक तहसम्मको शिक्षा एकै खालको हुने पनि बताउनुभयो । यस वर्ष एक कक्षाबाट सुरु भएको अंग्रेजी माध्यमको पढाई अब क्रमशः १० कक्षासम्म पुग्ने उहाँले जानकारी दिनुभयो । रामेछाप जिल्लामा खाँडादेवीसँगै दोरम्बा गाउँपालिकामा पनि थामी समुदायको बसोबास छ । खाँडादेवी गाउँपालिकाको वडा नं ७ खाँडादेवीमा थामी समुदायको बसोबास छ । त्यस्तै दोरम्बा गाउँपालिकाको डडुवा र दोरम्बामा थामी समुदायको बसोबास छ ।

प्रतिकृया दिनुहोस

मावि मुगिटारको अभिभावक भेला सम्पन्न ।।

उमङ्ग मैनाली मन्थली रामेछाप ।। मन्थली नगरपालिका वडा नं ७ मा रहेको श्री रुद्राक्षेश्वर माध्यमिक विद्यालय मुगिटारको अभिभावक भेला आइतबार सम्पन्न भएको

रामेछाप नगरपालिकाको वडा नं ६ र ७ मा शैक्षिक सामग्री वितरण ।। 

लामो समयदेखि बालबालिकाको शैक्षिक क्षेत्रमा सहयोग गर्दै आएको प्रयास नेपाल सस्थाले शसक्रबार  रामेछापको रामेछाप नगरपालिका वडा नं ६ र ७ को धमीनीछाप र

कक्षा १२ को परीक्षाफल प्रकाशित

 कक्षा १२ को परीक्षाफल प्रकाशित भएको छ । राष्ट्रिय परीक्षा बोर्ड भक्तपुरले पहिलोपटक ग्रेडिङ  प्रणाली अनुसार १२ कक्षाको नतिजा प्रकाशित गरेको हो