• ON AIRलोकदोहोरी गितहरु
  • UP NEXTशुमधुर भजनहरु

‘छक्का पञ्जा ३’ को ओभरसिज राइट्स करोडमा बिक्री

 

दशैँमा प्रदर्शनमा आउने तयारीमा रहेको बहुप्रतिक्षीत फिल्म ‘छक्का पञ्जा ३’ को ओभरसिज राइट्स महँगोमा बिक्री भएको छ । स्रोतका अनुसार, हाइलाइट्स नेपालले उक्त फिल्म एक करोडमा खरिद गरेको छ । अब यो फिल्मको विदेश प्रदर्शनको मोलमलाई हाइलाइट्सले मात्र गर्नेछ । 

यो यूट्युब कम्पनीले यसअघि ‘छक्का पञ्जा २’ को डिजिटल र ओभरसिज राइट्स ९५ लाखमा खरिद गरेको थियो । निर्माता तथा कलाकार दीपकराज गिरीले यसपटक फिल्मको डिजिटल राइट्स बिक्री नगरेको बताए । 

उनले भने, 'हामी अब यूट्युबमा भन्दा नेटफिक्स जस्ता भिडियो साझेदारी साइटमा आउन चाहन्छौं । ६-६ महिनामा फिल्म यूट्युबमा रिलिज हुँदा हलको व्यापारलाई धेरै कम गरिरहेको छ । यही कारणले यसपटक फिल्म यूट्युबमा रिलिज नगर्न लागेका हौं ।'

 

 

 

'पहिलो नम्बरमा' र 'पछि उमेर ढल्किन्छ' गीतका कारण चर्चामा रहेको ‘छक्का पञ्जा ३’ लाई दीपाश्री निरौलाले निर्देशन गरेकी हुन् । दशैँमा रिलिज हुने भनिएता पनि अझैसम्म यो दिन भनेर निर्माण टिमले लालमोहर लगाएको छैन । 

फिल्मले कमेडी कथामा सामाजिक सन्देश बोकेको बताइएको छ । यसको कथा दीपक आफैंले लेखेका हुन् । फिल्ममा केदार घिमिरे (माग्ने बुढा) र जितु नेपाल (मुन्द्रे) कार्यकारी निर्माताको रुपमा छन् । दीपक, केदार, जितु र यमन श्रेष्ठले डाइलग लेखेका हुन् । 

फिल्ममा दीपकका अलावा दीपिका प्रसाइँ, केदार घिमिरे, जितु नेपाल, नीर शाह, शिवहरी पौडेल, विल्सन विक्रम राई, किरण केसी, बुद्धि तामाङलगायतको अभिनय छ । प्रियंका कार्की, स्वस्तिमा खड्का, बर्षा राउत र संजोग कोइराला गेस्ट रोलमा छन् । 

प्रतिकृया दिनुहोस

जम्बोरी नाइटमा थरी थरीका पहिरन

सानेपास्थित इन्टरनेशनल क्लबको स्विमिङ पूलमा निर्माण गरिएको आकर्षक र्‍याम्पमा एक दर्जन व्यवसायिक मोडलहरु क्याटवाक गर्दै विभिन्न डिजाइनरका

मखमली चोली टीमको पिरतीको रंग सार्वजनिक

गीतकार अम्बिका गुरुङको शब्द रहेको नयाँ गीत रिलिज भएको छ। सोमबार गीतकार गुरुङकै युट्युब च्यानल ‘भाव सागर इन्टरटेन्टमेन्ट’बाट ‘पिरतीको रंग’

वर्षा राउत र शिवाकाेटीलार्इ एउटै चलचित्रमा देख्न पाउलान् त दर्शकले?

        बेला बेलामा चलचित्र बजार नै हल्लिने गरी नायिकाद्धय वर्षा राउत र वर्षा सिवाकोटीको चर्चा हुने गरेको छ । विशेष त एउटी वर्षाले छाडेको