• ON AIR
  • UP NEXTमुख्य समाचार

मन्थली नगरपालिकाको तिज विशेष कार्यक्रम ।।


मन्थली नगरपालिकाले औपचारीक कार्यक्रमका विच सोमबार नेपाली महिलाहरुको बिशेष पर्ब हरितालिका  तिज को अबसर परेर तिज बिषेश कार्यक्रको आयोजना गरेको छ । तिज पर्बलाई सु संकृत र सुमैत्री बनाउदै उक्त पर्बलाई सबै जातजाति भाषा भाषि हरु समेतलाई एकै छानामुनी बसेर मनाउदा त्यसको समाजमा सकरात्मक सन्देश प्रबाह होस भन्ने उद्धेश्यले स्थानीय जिल्ला समन्वय समितिको प्रङ्गडमा कार्यक्रम सञ्चालन गरिएको थियो ।  कार्यक्रममा सबै वडाका वडा कार्यालय मार्फत स्थानीय जन निर्बाचित महिला प्रतिनिधि  र स्थानीय अगुवा महिलाहरु समेतलाई आमन्त्रण गरिएको  भएपनि कार्यक्रममा भने अधिकासं सहभागि बजार आसपासका मात्र रहेका थिए ।   सामाजिक सदभावको पर्बका रुपमा तथा  धनि र गरिब बिचको बिभेदलाई अन्त्य गर्ने कार्यक्रको रुपमा यस पर्बलाई लिनुपर्ने मुख्य उद्धेश्यका साथ कार्यक्रको आयोजना गरिएको कार्यक्रमकी अध्यक्ष माया कुमारी कार्की ले बताउनु भयो ।  कार्यक्रममा जिल्ला स्थीत सबै जसो सरकारी गैर सरकारी संस्थाहरुलाई आमन्त्रण गरिएको थियो ।  मन्थली नगरपालिका की उपप्रमुख माया कुमारी कार्की को अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा   मन्थली नगरपालिकाका प्रमुख रमेश कुमार बस्नेत, लिखु तामाकोशी  गाउपालिका की उपाध्यक्ष दिपशिाखा दाहाल, प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद शर्मा, नेकपा का जिल्ला सचिब आनन्द श्रेष्ठ, नेपाली काग्रेसका सचिब लेख बहादुर कार्की, नेपाल पत्रकार महासंघ ३ नं प्रदेश सदस्य बद्रि नयाँघरे, रामेछाप उद्योग बाणिज्य संघका महासचिब जगन्नाथ दाहाल, अ ने म संघ कि पुर्ब अध्यक्ष सान्ता सापकोटा  लगाएतले बोल्दै  तिज पर्बलाई हुने खाने र हुँदा खाने बिचको खाडललाई तोडन सक्नु पर्ने कुरालाई जोड दिनुभएको थियो ।  सो अबसरमा उपस्थित महिला तथा अन्य अतिथिहरुका लागि समेत दर खाने ब्यवस्था मिलाइएको कार्यक्रम सञ्चालक भवानी कपालीले बताउनुभयो ।


 

प्रतिकृया दिनुहोस

महिलामाथि हुने हिंसाको बिरोधमा महिला संघ रामेछापले बुझायो ज्ञापनपत्र ।।

नेपाल महिला संघले आइतबार  कञ्चनपुरकी निर्मला पन्तको हत्या, लगाएत बलत्कार हिंसा ,महंगी कालोबजारी र सामाजिक असुरक्षाको बिरोधमा  जिल्ला प्रशासन

वर्तमान सरकारको  नारा अनुसार काम गर्न बजेटको कुनै कमी नहुने मन्त्रि ढुङ्गेलको भनाई ।। 

रामेछाप जिल्ला प्रदेश सभा २ का सांसद एवम प्रदेश नं तीनका आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुङ्गेलले समृद्ध नेपाल सुखि नेपाली निर्माण

मृगौला बचाऔं अभियान टोली रामेछापमा आइपुग्यो ।। 

 पछिल्लो समयमा मृगौला रोगीहरुको संख्यामा वृद्धि हुँदै गएको भन्दै त्यसलाई न्यूनीकरण गर्ने उद्धेश्यका साथ मृगौला बचाऔं अभियान टोली रामेछापमा