• ON AIRएसएमएस दोहोरी
  • UP NEXT

भु संरक्षण कार्यलय रामेछाप कासको भरमा  चल्दै  ।। 


जिल्ला भु संरक्षण कार्यलय रामेछाप कासको भरमा सन्चालन हुदै आएको छ ।  जिल्ला भु संरक्षण कार्यलयका प्रमुख राजेश प्याकुरेल १५ दिनदेखि  कार्यलयमा छैनन । १५ दिन अघिदेखि कार्यकक्षको बाहिरको ढोकामा कार्यलय प्रमुख राजेश प्याकुरेल भित्र भनेर लेखिएको छ तर कार्यलयमा १५ दिनदेखि कार्यलय प्रमुख प्याकुरेल देखिँदैनन ।

कार्यलय प्रमुख मात्र हैन  भु संरक्षण   कार्यलयका प्रविधिक बलराम प्रजापति ,कृषि  प्राविधिक सुनिता  तामाङ्घ पनि केहि  महिनादेखि कार्यलयमा छैनन । कार्यलय प्रमुख र प्राविधिक नहुदा सेवा ग्राहिहरुलाई पनि समस्या भएको छ । अहिले जिल्ला भु संरक्षण  कार्यलयमा कार्यलय सहयोगी रामकृष्ण घिमिरे  र कृष्ण थापाको भरमा कार्यलय सन्चालन भइरहेका छ ।  हामीले कास रामकृष्ण घिमीरेलाई सेवाग्रहिहरु आउदा के भनेर पठाउनु गर्नुभएको छ भनेर सोध्दा कास घिमिरेले भन्नुभयो “ के कामले आउनु भएको छ कागजपत्र छोडेर जानुस हाकीम साप आएपछि काम हुन्छ भनेर पठाउने गरेका छौ ” । १५ दिनदेखि कार्यलय प्रमुख विहिन छ । हामीले कार्यलय प्रमुखलाई सम्पर्क गरी सोध्दा ,यतिका समयसम्म तपाइहरु कहाँ जानुभएको भन्ने प्रश्नमा कार्यलय प्रमुख प्याकुरेलको जवाफ यस्तो छ  । “ खारेज भएको कार्यलय र कर्मचारी व्यवस्थापन  गर्नुपर्यो भनेर मन्त्रालयमा दबाब दिन गएका र्छौ ।” कार्यलयमा कर्मचारी नहुदा कार्यलय सुनशान छ । काम परेर आउने गरेका सेवा ग्राहिहरु त्यसै   फर्किने गरेका छन । 


 

प्रतिकृया दिनुहोस

महिलामाथि हुने हिंसाको बिरोधमा महिला संघ रामेछापले बुझायो ज्ञापनपत्र ।।

नेपाल महिला संघले आइतबार  कञ्चनपुरकी निर्मला पन्तको हत्या, लगाएत बलत्कार हिंसा ,महंगी कालोबजारी र सामाजिक असुरक्षाको बिरोधमा  जिल्ला प्रशासन

वर्तमान सरकारको  नारा अनुसार काम गर्न बजेटको कुनै कमी नहुने मन्त्रि ढुङ्गेलको भनाई ।। 

रामेछाप जिल्ला प्रदेश सभा २ का सांसद एवम प्रदेश नं तीनका आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुङ्गेलले समृद्ध नेपाल सुखि नेपाली निर्माण

मृगौला बचाऔं अभियान टोली रामेछापमा आइपुग्यो ।। 

 पछिल्लो समयमा मृगौला रोगीहरुको संख्यामा वृद्धि हुँदै गएको भन्दै त्यसलाई न्यूनीकरण गर्ने उद्धेश्यका साथ मृगौला बचाऔं अभियान टोली रामेछापमा