• ON AIRदेउराली
  • UP NEXTमुख्य समाचार

काममा पेलाई र गाली सुनेपछि लाग्यो, विदेशमा काम गर्न शाखा सन्तान नजाउन

आजभन्दा ५ वर्ष अगाडि म रोजगारीका लागि युएई गएको थिएँ । त्यसबेला मेरो उमेर १९ वर्ष थियो । घरमा आमाबाले विदेश नजाउ, पढ भन्दा पनि म धेरै र छिट्टै पैसा कमाउने सपना बोकेर युएई पुगेको हुँ । पैसा कमाएर बाआमालाई सुखसँग राख्ने रहर पनि थियो । 

जब म युएईको एयरपोर्टमा झरेँ, त्यसैबेला मेरा सपना चकनाचुर भएजस्तो लाग्यो । फर्केर नेपाल टेक्न पाउँदिन झैं मनमा लाग्यो । एयरपोर्ट बाहिर कम्पनीको मान्छे लिन आएका रहेछन् । म सहित सात जनालाई गाडीमा लिएर कम्पनीको अफिसमा लग्यो । 

पाँचतारे होटलमा खाना सर्भिस गर्ने भनेर हामी सबैजना गएका थियौं । तर म्यानेजरले तिमीहरु वेटर होइन, क्लिनर हो, जुठो भाँडाकुँडा सफा गर्नुपर्छ भन्यो । म त छाँगाबाट झरे जस्तै भएँ । 

कत्रो सपना बोकेर आएको थिएँ । खाना सर्भिस गर्दा ग्राहकले टिप्स पनि दिन्छ भन्ने सुनेको थिएँ । त्यसो भयो भने विदेश जाँदा लागेको ऋण छिट्टै तिरेर ठूलो घर बनाउँला, भाइलाई धेरै पढाउँला भन्ने सोचेको थिएँ । त्यो सपना कम्पनीको अफिसमा पुग्न साथ टुट्यो । 

एक मनले त घर फर्किएर जाउँ भन्ने लाग्यो । अर्को मनले साहुको ऋण सम्झियो । अनि दुःखसुख २ वर्ष बिताउने निर्णय गरियो । भोलिपल्ट देखि ड्युटी सुरु भयो । ग्राहकले खाना खाएको प्लेट, पकाएका अरु भाँडाकुँडा देखि स्टाफका लागि खाना बनाउने भाँडा सफा गरियो । जिन्दगीमा कहिल्यै नदेखेको भाँडा देखियो । भाँडा भित्रै पसेर दुई हातले सफा गर्दा पनि नभेट्टाउने । 

भाषा नजान्ने । गाली र पेलाई त कति हो कुरै छोडिदिनु । नेपालीले नेपालीलाई पेल्ने, गाली गर्ने । त्यो देखेर मलाई बस्नै मन लागेन । मन नभए पनि बस्नुपर्ने बाध्यता थियो । साहुको ऋण लिएर कमाउन विदेश हिँडेको, त्यसै फर्केर हुन्नथ्यो । 

दुःखसुख काम चल्दै थियो होटलमा । जुठो भाँडा माझ्दा कहिलेकाँही त बिहानको ३/४ पनि बज्थ्यो । कोठा गयो अनि लगत्तै बिहान १० बजे ड्युटी आउनुपर्ने । निन्द्रा पूरै खल्बलिने । कहिले सुत्न पाइन्नथ्यो । १४ घण्टा ड्युटी गर्नुपर्ने । यस्तो लाग्थ्यो, विदेशमा काम गर्न मेरा शाखा सन्तान नआउन् । यहाँ गर्ने दुःख नेपालमा गर्‍यो भने सुन फलाउन सकिन्छ । 

प्रतिकृया दिनुहोस

परमाणु निःशस्त्रीकरण गर्ने अमेरिकी आशा

   अमेरिकी विदेशमन्त्री माइक पोम्पियोले आगामी साढे २ वर्षभित्रै उत्तरकोरियाले ठूलो मात्रामा परमाणु निःशस्त्रीकरण गर्ने आशा व्यक्त गरेका छन्

जुवाडे पतिको कर्तुत : जुवामा हारेपछि सुम्पिदिए पत्नी

भारतको ओडिसामा विचित्रको घटना प्रकाशमा आएको छ । एक जुवाडे पतिले जुवामा आफ्नै पत्नी दाउमा राख्दा हारेपछि आफैंले पत्नीको साडी फुकालिदिएर कथित रुपमा

आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट

मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक