• ON AIRटप अफ द पप
  • UP NEXTनेपाल खबर

मानव बेचबिखन तथा ओसारपसारविरुद्धको १२ औं राष्ट्रिय दिवस रामेछापमा मनाइयो  ।। 


मानव बेचबिखन तथा ओसारपसारविरुद्धको १२ औं राष्ट्रिय दिवस आज रामेछाप सहित देशभर बिभिन्न कार्यक्रम गरी मनाइँदै छ । ‘संघीयताको महत्वपूर्ण सारः मानव बेचविखन अन्त्यका लागि जिम्मेवारी र सहकार्यसहित गरौं खबरदार’ भन्ने मूल नारासहित यस वर्षको दिवस मनाइदै छ । मानव बेचबिखनविरुद्धको अभियानमा सक्रिय संघसंस्थाहरुले पनि बिभिन्न कार्यक्रम आयोजना गर्दै आज दिवश मनाउदै छन ।

दिवसको अवसरमा रामेछापको मन्थली नगरपालिकाले आज मानव वेचविखन विरुद्धको र्याली र अन्त्रकृया कार्यक्रमको आयोजना गरेको छ  । बिहान जिल्ला समन्वय समिती रामेछापको प्राङगबाट जनचेतना मुलक र्याली निकालिएको छ । र्याली समापनपछि जिल्लामा मानव बेचविखन अन्त्य गर्ने विषयमा जिल्लाका सरोकारवाला निकायहरुको विचमा छलफल पनि सम्पन्न भएको छ ।

छलफलमा मन्थली नगरपालिकाका प्रमख् ,उपप्रम्ख,प्रहरी पमुख,जिसस प्रमुख,पत्रकार ,नगरपालिकाका कर्मचारी,विभिन्न आमा समुहहरु लगायतको उपस्थिती रहेको  मन्थली नगरपालिका महिला तथा बालबालिका शाखाकी प्रमुख भवानी कपालीले जानकारी दिनुभयो ।  


 

प्रतिकृया दिनुहोस

फैसला कार्यान्वयनका लागि सरोकारवालाको प्रतिवद्धता

हिमाल ढुंंगेल रामेछाप । जिल्ला अदालत रामेछापले अदालतबाट फैसला भएका मुद्धाको फैसला कार्यान्वयनका लागि सरोकारवाला सवैलाई प्रतिवद्धता गराएको छ ।

नागरिकलाई नमुना देखाउन वडा अध्यक्षले घर प्रवलिकरण गर्ने।

ओखलढुंगाको खिजीदेम्बा गाउँपालिका ४ का अध्यक्ष कमलप्रसाद न्यौपानेले आफ्नो घर प्रवलिकरण गरेर नमुना देखाउने भएका छन् । भूकम्पबाट गाउँका धेरै घरहरु

मन्थली नगरपालिकाको  सार्बजनिक सुनुवाई कार्यक्रम  ।।  

मन्थली नगरपालिकाले चालु आर्थिक बर्षको चौमासिक अबधिमा भए गरेका कार्यक्रमको बिषयमा बिहिबार मन्थलीमा सार्बजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ ।