• ON AIRएसएमएस दोहोरी
  • UP NEXT

१ दिने निशुल्क आँखा शिविर सम्पन्न ,४०० जनाले गराए  आँखा परीक्षण ।। 


रामेछाप नगरपालिका वडा नं ८ मा अवस्थित अंग्रेजी माध्यममा पढाई हुदै आएको श्रि गंगालाल एकेडेमी प्रालिमा आज  १ दिने निशुल्क आँखा शिविर सम्पन्न भएको छ । गंगालाल एकेडेमी प्रालि  रामेछापको आयोजना र  सामुदायिक आँखा केन्द्र मन्थलीको सहयोगमा एक दिने निशुल्क आँखा शिविर सम्पन्न भएको हो । आँखा शिविरमा  गंगालाल एकेडेमीका  २५० जना विद्यार्थी , २२ जना शिक्षक र १०० जना अभिभावकका साथै अन्य नागरीकगरी ४०० जनाले  आँखा जाँच गरेको गंगालाल एकेडेमीका प्रिन्सिपल  राज खड्काले जानकारी दिनुभयो ।

आँखा जाँच गर्दा ३ जनाको अप्रेसन गर्नुपर्ने र ४ जना विद्यार्थीको आँखा एकदमै कमजोर रहेको  पाइएको प्रिन्सिपल खड्काले जानकारी दिनुभयो । आँखाको अप्रेसन गर्नुपर्ने विद्यार्थीको सामुदायिक आँखा केन्द्र मन्थलीमा निशुल्क उपाचार गरिने व्यवस्था मिलाइएको प्रिन्सिपल खड्काको भनाई छ । 

 


 

प्रतिकृया दिनुहोस

महिलामाथि हुने हिंसाको बिरोधमा महिला संघ रामेछापले बुझायो ज्ञापनपत्र ।।

नेपाल महिला संघले आइतबार  कञ्चनपुरकी निर्मला पन्तको हत्या, लगाएत बलत्कार हिंसा ,महंगी कालोबजारी र सामाजिक असुरक्षाको बिरोधमा  जिल्ला प्रशासन

वर्तमान सरकारको  नारा अनुसार काम गर्न बजेटको कुनै कमी नहुने मन्त्रि ढुङ्गेलको भनाई ।। 

रामेछाप जिल्ला प्रदेश सभा २ का सांसद एवम प्रदेश नं तीनका आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुङ्गेलले समृद्ध नेपाल सुखि नेपाली निर्माण

मृगौला बचाऔं अभियान टोली रामेछापमा आइपुग्यो ।। 

 पछिल्लो समयमा मृगौला रोगीहरुको संख्यामा वृद्धि हुँदै गएको भन्दै त्यसलाई न्यूनीकरण गर्ने उद्धेश्यका साथ मृगौला बचाऔं अभियान टोली रामेछापमा