• ON AIRहजुरको समाचार
  • UP NEXTप्रश्न

भलुवाजोर जनहितकारी समाजको ८ औँ साधारणसभा सम्पन्न

भलुवाजोर जनहितकारी समाजले ८ औँ साधारणसभा सम्पन्न गरेको छ । राजधानीको टेष्टी क्याफेमा आयोजित एक कार्यक्रमकाबीच राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष माधब ढुङ्गेल र ३ नम्बर प्रदेशका प्रदेश सभा सदस्य शान्तिप्रसाद पौडेलले ८ वटा मैनवत्ती बालेर संयुक्त रुपमा उद्घाटन गरे । कार्यक्रममा राष्ट्रिय युवा परिषद्का उपाध्यक्ष ढुङ्गेलले युवालाई उद्यमी बनाउने किसिमका कार्यक्रम सञ्चालन गर्न आग्रह गर्दै आफ्नो तफृबाट सहयोग गर्ने बचन दिए । प्रदेशसभा सदस्य पौडेलले आत्मनिर्भरको बाटोमा अगाडी बढ्न आफ्ना उत्पालन उपभोग गर्ने बानीको विकास गर्नुपर्ने बताए । संस्थाले साधारणसभाको अवसरमा रक्तदान कार्यक्रम पनि आयोजना गरेको छ । १७ जनाले रक्तदान गरेका छन् । साधारणसभा मार्फत संस्थाले आगामी दिनमा सहकारीको माध्यमबाट गरिबी निवारणका कार्यक्रम सञ्चालन गर्ने योजना पनि पारीत गरेको छ । साधारण सभाकै अवसरमा संस्थामा आवद्ध हुन चाहाने नयाँ सदस्यलाई संस्थाका अध्यक्ष कमल बसेलले स्वागत गर्दै परोपकारी काममा हातेमालो गर्न सबैलाई आग्रह गरे ।

प्रतिकृया दिनुहोस

निशान बचत तथा ऋण सहकारी संस्थाको कुल आम्दानी १७ लाख ६३ हजार ।

रामेछापको रामेछाप नगरपालिका वडा नं ८ मा रहेको निशान बचत तथा ऋण सहकारी सस्था लिमिटेडको छैठौ वार्षिक साधरण सभा एवम् तेश्रो अधिवेशन कार्यक्रम श्री

मन्थली खानेपानीको १९ औ साधारण सभा सम्पन्न ।। 

मन्थली खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको १९ औ साधारणसभा शनिबार सदरमुकाम मन्थलीमा सम्पन्न भएको छ । साधारण सभाको प्रमुख अतिथि तथा मन्थली

साहारा बचत तथा ऋण सहकारी संस्थाको आम्दानी २ करोड ४५ लाख ।।

साहारा बचत तथा ऋण सहकारी सस्था लिमिटेड मन्थली रामेछापको १३  औ वार्षिक साधारण सभा आज सम्पन्न भएको छ । सदरमुकाम मन्थलीको सामुदायिक आवास भवनमा सन्चालित