• ON AIRसिने सौगात
  • UP NEXTटाइम पास

निर्माण कम्पनी बाहिरिएपछि पश्चिम सेती परियोजनाको भविष्य अन्योलमा

 

 

बहुचर्चित जलविद्युत परियोजना पश्चिम सेती नबन्ने चर्चासँगै पश्चिम सेती आसपासका जनताले सपना देख्न छोडेका छन् । २०३४ सालदेखि चर्चामा आएको पश्चिम सेती चार दशक बितिसक्दा पनि निर्माण अगाढी बढ्न सकेन ।

यसबाट पश्चिम सेती तटीय क्षेत्रका जनता विकासका अवसरबाट बञ्चित मात्र भएका छैनन्, पछिल्लो समयसम्म आइपुग्दा चार वटा कम्पनीले धोका मात्रै दिएको स्थानीय डम्बरबहादुर साउँद बताउँछन् ।

सरकारले पटकपटक पश्चिम सेती बन्ने आश्वासन दिएर जनता झुक्याएको र विकासका अवसरबाट पनि बन्चित गराएको दुःखेसो स्थानीयको छ । एक खर्ब ८० अर्ब लगानी हुने भनिएको यस परियोजनाबाट सात सय ५० मेघावाट विद्युत उत्पादन हुने अनुमान छ ।

डोटी, डडेल्धुरा, बैतडी र बझाङ जिल्लाको सीमास्थित बहुउद्देश्यीय जलाशय परियोजनाले सार्थकता नपाउँदा स्थानीय निराश बनेका हुन् ।

फ्रान्सिस सोग्रेह कम्पनी, कोरियन कम्पनी, अष्ट्रेलियन कम्पनी स्मेक बाहिरिए पछि २०६८ सालमा चाईनिज कम्पनी थ्रि गर्जेज भित्रिएको थियो ।

तर उसले पनि लगानी गर्न नसक्ने भन्दै हात झिकेपछि पश्चिम सेती परियोजनाको भविष्य अन्योलपूर्ण बनेको हो । 

प्रतिकृया दिनुहोस

केवलेश्वर वचत तथा ऋण सहकारी संस्था लि.को सातौँ साधरण सभा सम्पन्न ।

धेरै मिहेनत र वचत गरौँ,सुखी र सम्वृद्ध बर्नौँ भन्ने मुल नाराका साथ श्री केवलेश्वर वचत तथा ऋण सहकारी संस्था लिमिटेड रामेछाप नगरपालिका  ८ रामेछापको

अब उपल्लो र अपर खिम्ती जलविद्युत आयोजनामा काठमाडौंबाटै शेयर हाल्न पाइने ।

रामेछाप र दोलखा जिल्लाको सीमाना हुँदै बहने खिम्ती खोलामा निर्माणाधिन उपल्लो खिम्ती र अपर खिम्ती जलविद्युत आयोजनाले स्थानीय प्रभावितहरुको लागि

माथिल्लो तामाकोशीको शेयर बाँडफाँड आज हुने ।।  

निर्माणको अन्तिम चरणमा पुगेको दोलखा स्थित ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाले दोलखाबासीका लागि आज पहिलो चरणको शेयर बाँडफाँड