• ON AIRनेपाल खबर
  • UP NEXTबाल कोपिला

रामेछापमा प्राविधिक गाउ नजाँदा घर बनेको वषौँ बित्दा पनि प्रभावितले तेश्रो किस्ता पाएनन ।

रामेछाप जिल्लाको उमाकुण्ड गाउँपालिका वडा नम्बर ४ र ५  साविकको प्रिती का स्थानीय भुकम्प प्रभावितहरुले दोश्रो किस्ता लिएर घर बनाएको  बर्षाै भइसक्दा पनि तेश्रो किस्ता नपाएको गुनासो गरेका  छन । आफुहरुले प्राविधीकहरुसँग सल्लाह गरेर घर बनाएको तर तेश्रो किस्ता प्राप्त गर्न गाउँमा प्रविधिकहरु नै नआएका कारणले आफुहरुको घर सिफारीस नहुदा तेश्रो किस्ता पाउनबाट आफुहरु वन्चित भएको उमाकुण्ड गाउपालिका ४ प्रिति च्यादलुका देवराज थामीले गुनासो गर्नुभयो । २०७३ साल फागुन २२ गते घर सम्पन्न गरिसक्नु भएका  छत्र बं थामीले भन्नुभयो मेरो घर कहिले शुरु भएको हो,घर बनाउँदा मापदण्ड पुरा गरि बनाएको र कहिले सम्पन्न भएको हो भन्ने इन्जिनियरले दिएको प्रमाण पनि मसँग छ । घर बनाएको धेरै समय भइसक्दा पनि दोश्रो किस्ता नपाएको कारणले घर बनाउन समस्या परेको सोहि ठाउका अर्का भुकम्पपिडित विरमान तामाङले बताउनुभयो । गाउँमा प्रविधिक नबस्ने र घर हेर्न धेरै पटक बोलाउदा पनि पा्रविधिक नआउने र  बनाएको घरहरु पनि मापदण्ड विपरित भएको भनिदिने गरेकोले आफुहरुको दोश्रो किस्ता सिफारीस नगरिदिएकोले किस्ता नपाएको  प्रिति च्यादलुका बुद्धिमान तामाङको भनाई छ । भुकम्प पिडितहरुले तेश्रो किस्ता नपाएको विषयमा उमाकुण्ड गाउँपालिकाको प्रमुख शेर बहादुर सुनुवारसँग कुराकानी गर्दा उहाँले पुन निर्माण प्रधिकरणका इन्जिजियरहरु फेर बदल भइरहने एउटा इन्जिनियर पास गरेको घर अर्को इन्जिनियर आएपछि मापदण्डभन्दा विपरित रहेको भनिदिने र प्रविधिकहरु गाउ बस्न नमानेको कारणले नै प्रिती च्यादलुका भुकम्प प्रभावितहरु तेश्रो किस्ता पाउनबाट बन्चित रहेका उहाँले बताउनुभयो ।  जननिर्वाचित वडाअध्यक्ष , वडासदस्यहरु र प्रविधिकहरुको समन्वय नै नभएको कारणले पनि प्रविधिकहरु गाउँमा बस्ने नगरेको गाउँपालिका प्रमुख  सुनुवारको भनाई थियो । उहाँले अबका दिनमा जनप्रतिनिधि र प्रविधिकहरुको समन्वय प्रगाढ बनाउने र गाउमा नबस्ने प्राविधिकलाई कडा कारबाहि गरिने बताउनुभयो ।

प्रतिकृया दिनुहोस

रामेछापका सबै पत्रकारद्वारा खाँडादेवी गाउँपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम बहिष्कार

रामेछापको खाँडादेवी गाउँपालिका (आज) बुधबार हुने सार्वजनिक सुनूवाई कार्यक्रम जिल्लाका सबै सञ्चार माध्यमहरुले बहिष्कार गर्ने भएका छन्

बिजुलीको महशुल तिर्न आलटाल गर्दै आएका ग्राहकहरुको लाइन काटने तयारीमा विद्युत प्राधिकरण रामेछाप ।। 

लामो समयसम्म पनि बिजुलीको महशुल तिर्न आलटाल गर्दै आएका ग्राहकहरुको लाइन काटने तयारीमा विद्युत प्राधिकरण रामेछाप लागेको छ  । जिल्ला कारागार

रामेछापमा रुखमा झुन्डिएर युवकले गरे आत्महत्या ।। 

रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नम्बर ८ लामाटोलमा एक युवकले रुखमा झन्डिएर आत्महत्या गरेका छन । सोमबार राति रामेछाप नगरपालिका वडा नम्बर ८