• ON AIRविविसि नेपाली सेवा
  • UP NEXTदेउराली

स्याउ उत्पादन हुन छाडेपछि ओखर खेती सुरु

 

 

 

 स्याउको लागि प्रसिद्ध मानिएको बैतडीको सतबाँझमा पछिल्लो समय स्याउ उत्पादन हुन छाडेको छ । जलवायु परिवर्तनको कारण पछिल्लो दशवर्षदेखि स्याउ उत्पादन हुन छाडेको हो । पहिले सबैभन्दा बढी जातका स्याउ फल्ने गरे पनि पछिल्ला वर्षमा हिउँ नपरेपछि स्याउ फल्न छोडेको सुख्खा फलफूल विकास केन्द्र सतबाँझका प्रमुख लक्ष्मीदत्त पाण्डेयले बताए । चिस्यानको कमी भएपछि सुख्खा फलफूल विकास केन्द्रले ओखर खेती शुरु गरेको छ । अन्य फलफूलभन्दा ओखरबाट किसानहरुलाई आम्दानीका लागि राम्रो हुने भएपछि ओखर उत्पादनलाई प्राथमिकतामा राखिएको हो । यद्यपि कम चिस्यानमा उत्पादन हुने स्याउको जातसमेत खोजी भइरहेको छ ।

प्रतिकृया दिनुहोस

रामेछापको मन्थली बचतको नाफा १ करोड २७ लाख ।। 

रमेश ढुंगेल मन्थली , रामेछाप  ।।  मन्थली बचत तथा क्रण सहकारी संस्था ले गत आर्थिक बर्ष २०७४÷७५ मा १ करोड २७ लाख ३६ हजार ७ सय त्रियासी रुपैया खुद नाफा

तामाकोशीको आईपिओ कात्तिक अन्तिम साता, स्थानीयको दशैँपछि बाँडफाँड

माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको शेयर दशैँपछि बाँडफाँड हुने भएको छ । आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि निष्काशन गरेको शेयर बाँडफाँड

भलुवाजोर जनहितकारी समाजको ८ औँ साधारणसभा सम्पन्न

भलुवाजोर जनहितकारी समाजले ८ औँ साधारणसभा सम्पन्न गरेको छ । राजधानीको टेष्टी क्याफेमा आयोजित एक कार्यक्रमकाबीच राष्ट्रिय युवा परिषद्का कार्यकारी