• ON AIRसिने सौगात
  • UP NEXTटाइम पास

प्रदेश २ सरकारको बिदा लफडा: मन्त्री नै बसे धर्नामा

 

प्रदेश २ सरकारको बिदाको अवज्ञा गरेको भन्दै जनकपुरमा रहेको नेपाल राष्ट्र बैंकमा तोडफोड गर्न खोज्ने १२ जना पक्राउ परेका छन् । 

आइतबार दिउँसो बैंकभित्र पसेर पसेर तोडफोड गर्न खोज्ने १२ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेकाहरुलाई जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतमा राखिएको धनुषाका प्रहरी उपरीक्षक गोविन्द थपालियाले जानकारी दिनुभयो । 

यता बिदाको अवज्ञा गर्ने र बैंक बन्द गराउन खोज्नेलाई पक्राउ गरेको भन्दै प्रदेश २ का आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादव नेपाल राष्ट्र बैंक अगाडि धर्ना बस्नुभएको छ ।

संघीय सरकार मातहत रहेको नेपाल राष्ट्र बैंकलगायत बैंक तथा वित्तीय संस्था, जिल्ला प्रशासन, अदालत लगायतका कार्यालयले प्रदेश सरकारको बिदा मान्ने गरेका छैनन् । 

यसअघि भदौ १० गते जनैपूर्णिमा तथा रक्षाबन्धनको उपलक्ष्यमा प्रदेश सरकारले दिएको सार्वजनिक बिदा राष्ट्र बैंकले पालना नगरेपछि प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादव स्वयंले तालाबन्दी गर्नुभएको थियो ।

गएको बिहीबार बसेको प्रदेश दुईको मन्त्रिपरिषद बैठकले कृष्णाष्टमी अर्थात आजको दिनलाई प्रदेश दुईमा सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । 

तर केही कार्यालयले पुनः प्रदेश सरकारको बिदा अटेर गरेपछि आज दुई दर्जनभन्दा बढी विद्यार्थीहरुले खुलेका संघ संस्थाहरु बन्द गराउँदै हिडेका थिए ।  

प्रतिकृया दिनुहोस

खाँडादेवी गाउँपालिकामा अध्यक्षका छोरी, भाइ र परिवारका सदस्य बिनाप्रतिस्पर्धा कर्मचारी नियुक्त ।।

रामेछापको खाँडादेवी गाउँपालिकामा अध्यक्षका छोरी, भाइ र परिवारका सदस्य बिनाप्रतिस्पर्धा कर्मचारी नियुक्त भएको पाइएको छ । गाउँपालिका अध्यक्ष

नेपाल सरकारले पुष्पलाल पार्क बनाउन आवश्यक तयारी गरिसकेको पुर्व शिक्षा मन्त्री शर्माको भनाई ।। 

रामेछाप नगरपालिका वडा  नम्बर ८ भंगेरीमा  पुष्पलाल पार्क बन्ने पक्का भएको छ ।  माक्सवाद र लेनिनवादलाई सर्वोत्तम विचारधारा ठानी २००६ सालमा

 तराइका स्थानीय तहका जनप्रतिनिधिहरु लुटेराको शैलीमा काम गर्छन    – किरण देवी यादब 

नेपाली काग्रेस कि केन्द्र्रीय सदस्य किरण देवी यादव ले तराइका स्थानीय तह मा बिजयी हुने जनप्रतिनिधिहरुको कार्यशैली लुटेराहरुको जस्तो भएको दावी गर्नु