• ON AIRबिभिन्न लोक गितहरु
  • UP NEXTलोक कोशेली

दुर्घटना कम गर्न मन्थलीमा आजबाट सबारी साधनको गति मापन यन्त्र सञ्चालन ।। 


रामेछाप जिल्लाको सदरमुकाम मन्थलीमा आज बाट सबारी साधनको गति मापन यन्त्र सन्चालनमा  ल्याइएको छ  । सदरमुकाम मन्थलीमा सवारी साधनको तिव्र गतिले मानिसको आवात जावतमा समस्या परेको जनगुनासो आएको भन्दै  जिल्ला  ट्राफिक प्रहरी कार्यलय रामेछापले सबारी साधनको गति मापन यन्त्र संचालनमा ल्याएको हो ।  नजिकिँदै गरेको चाड पर्वलाई मध्ये नजर गर्दै जिल्लामा सवारी दुर्घटना कम गराउने उद्धेश्यले जिल्ला ट्राफिक प्रहरी  कार्यलय रामेछापले आजबाट नियमित रुपमा सबारी साधनको गति मापन गर्ने यन्त्र सन्चालनमा ल्याइएको जिल्ला  ट्राफिक प्रहरी कार्यलय रामेछापका इन्चार्ज रामेश्वर पाण्डेले जानकारी दिनुभयो  । आज मन्थली बजार भित्र आवात जावत गर्ने सवारी साधनको गति मापन गरिएको छ । सदरमुकाम प्रवेश गर्ने  र  सदरमुकाम भएर बाहिरिने केहि  सवारी साधनहरु धेरै गतिमा गुडाइएको  पाइएकाले अबका दिनमा  सवारी साधनको गति  ३०  भन्दा माथी भएको पाइए कडा भन्दा कडा कारबाहि र जरीवाना तिराउने जानकारी गराएर छाडिएकोे इन्चार्ज  पाण्डेको भनाई छ । सवारी साधनको गति मापन यन्त्र संचालनमा आएपछि तिव्र गतिका कारणले हुने सवारी  दुर्घटनामा कमी आउने  इन्चार्ज  पाण्डेले बताउनुभयो । 
 

प्रतिकृया दिनुहोस

जुनार किसानका लागि १ दिने घुम्ती बाली उपचार शिविर सम्पन्न ।। 

रामेछापमा जुनारमा लागेको रोग किरा व्यवस्थापन तथा नियन्त्रणका लागि १ दिने शिविरको  आयोजना गरिएको छ । भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय कृषि

म आफु पनि हिंसा गर्दिन हिंसा गर्ने जो कोहिलाई पनि छोड्दिन नगर प्रमुख मगर ।। 

रामेछाप नगरपालिकाका नगर प्रमुख नर बहादुर थापा मगरले आफु  पनि हिंसा नगर्ने र हिंसा गर्ने जोकोहिलाई पनि नछाडिने बताउनुभएको छ । लैंङ्गिक हिंसा र

लिफ्टमार्फत घरमै पानी आइपुगेपछि रामपुर चारघरेबासी हर्षित ।।

तिर्थमाया तामाङ , घण्टौ लाएर खोला धाउँदा पनि पानी पाउनै मुस्किल पर्ने रामेछापको रामेछाप नगरपालिका वडा नं ५ रामपुरमा नेपाल रेडक्रस सोसाइटीले घरघरमै