• ON AIRविविसि नेपाली सेवा
  • UP NEXTदेउराली

ख्याल गर्नुभएको छ ? तपाईका यी आनीबानीले मेरुदण्डमा खराब असर पर्दैछ

 

हरेक कुराको मूल आधारलाई हामी ‘मेरुदण्ड’ भन्छौं । यसबाट बुझिन्छ, मेरुदण्डको महत्व कति छ । मेरुदण्ड नहुँदो हो त हाम्रो शरीर सग्लो रहँदैन । हिँड्न, उभिन वा भनौ शारीरिक गतिविधि गर्न निकै कठिन हुन्छ ।

तर, हामीले कहिले सोचेका हुँदैनौ कि मेरुदण्डलाई कसरी सही रुपमा राख्ने ? किनभने हामी उठ्दा, बस्दा, हिँड्दा, सुत्दा यस्ता गल्ती गरिरहेका हुन्छौं, जसको भार मेरुदण्डले झेलिरहेको हुन्छ । जब मेरुदण्डले यस्ता भार सहन सक्दैन हामी जीवनभरका लागि रोगी हुन्छौं ।

 

मेरुदण्डको महत्व

मेरुदण्डको हड्डीलाई मानिसको जीवन रेखा समान मानिन्छ । यसले मानिसको शरीरलाई सपोर्ट गर्छ र सीधा उभिन मद्धत गर्छ ।

यसले मानिसको तौललाई धान्छ र यो मानिसको स्नायू प्रणालीको समेत एक महत्वपूर्ण भाग हो ।

त्यसैले मानिसको शरीरले सहि तरिकाले कार्यसम्पादन गर्नको लागि उनीहरुको मेरुदण्डको हड्डीको स्वास्थ्य स्थिती पनि सहि हुन आवश्यक छ ।

मेरुदण्डलाई बोझ

मेरुदण्डको हड्डीमा हल्का चोट लागेमा वा थोरै पनि हानी भएमा पनि यसले हाम्रो सम्पूर्ण स्वास्थ्यलाई प्रभावित बनाउन सक्छ । हामी कहिलेकाँही अन्जानमा यस्तो केही काम गरिदिन्छौं जसले मेरुदण्डको स्वास्थ्यमा गम्भिर असर गर्न सक्छ ।

यदि तपाइर्ं पनि मेरुदण्डको हड्डीको स्वास्थ्यलाई राम्रो बनाइराख्न चाहनुहुन्छ भने आफ्ना केही बानीहरुलाई परिवर्तन गर्नुहोस् । यसबारेमा ख्याल गर्नुभएन भने पछि तपाईंले धेरै नोक्सान झेल्नुपर्ने हुन्छ ।

यी हुन् मेरुदण्डको हड्डीलाई नोक्सान पुर्याउने केही बानीहरु

गह्रुँगो सामान उठाउने

अक्सर हामी कुनै गह्रुँगो सामान यताउता उठाउन पर्यो भने कसैको पनि सहयोग नलिइ आँफै उठाउन खोज्छौं र सकेनौं भने अन्तिममा मात्रै कसैलाई सहयोगको लागि आग्रह गर्छौ ।

त्यस्तै यदि तपाईं जिममा धेरै तौल उठाउने अभ्यास गर्नुहुन्छ भने तपाईलाई विशेषज्ञको निगरानीमा यस्तो अभ्यास गर्नु आवश्यक छ । सँधै यस्तो नगर्ने मानिसले कहिलेकाँही मात्रै गह्रुँगो तौल उठाउनाले मेरुदण्डको हड्डीलाई नोक्सान पुर्याउँछ ।

घोप्टो परेर सुत्ने

यदि तपाइर्ं दैनिक घोप्टो परेर सुत्नुहुन्छ भने यो बानीले पनि मेरुदण्डको हड्डीलाई नोक्सान गर्छ । त्यसैले यस्तो बानी तुरुन्त परिवर्तन गर्नुहोस् ।

पेटको बलले सुत्नाले तपाइर्ंको स्पाइन आर्क र गर्धनमा दबाब पर्छ जसको कारण कम्मर, गर्धन र जोर्नीमा दुखाई जस्ता समस्याहरु निम्तिन सक्छ ।

लामो समयसम्म मोबाईल फोनको प्रयोग

चिकित्सकहरुका अनुसार फोनमा कुरा गर्दा तपाईं जुन एंगलबाट फोन समात्नुहुन्छ त्यसले पनि स्पाइनलाई नोक्सान पुर्याउँछ । अझै धेरैबेरसम्म आफ्नो फोनको प्रयोग गरिरहने मानिसमा मेरुदण्डको समस्या देखिन सक्छ । अगाडितर्फ झुक्नाले मेरुदण्डको हड्डीको माथिल्लो भागमा दबाब पर्छ जसको कारण स्पाइनल डिस्क संकुचित हुन्छ ।

धुमपान

धुमपान मानिसको स्वास्थ्य र शरीरको लागि हरेक कोणबाट हानीकारक छ । यसको कारण तपाईंको मेरुदण्डको हड्डीको स्वास्थ्य पनि प्रभावित हुन्छ । चुरोटमा हुने निकोटिनले शरीरमा रक्तसञ्चारलाई समेत प्रभावित गर्छ त्यसैले धुमपान गर्ने बानी छ भने आजैदेखि त्यागिदिनुहोस् ।

क्याल्सियमको कम सेवन

हड्डीहरुको स्वास्थ्य र विकासको लागि क्याल्सियम आवश्यक हुन्छ । तर, यदि तपाइर्ंले क्याल्सियमको पर्याप्त सेवन गर्नुहुँदैन भने यसले शरीरका हड्डीहरुमा स्टोर भएका क्याल्सियमको प्रयोग गर्छ जसले स्पाइनल कमजोर हुन्छ । यसैले दूग्ध उत्पादनहरु पर्याप्त रुपमा सेवन गर्नुहोस् ।

प्रतिकृया दिनुहोस

पाँचौ परिवार नियोजन दिवश रामेछापमा पनि मनाइयो । 

किशोर किशोरीको सहभागिता परिवार नियोजन सेवाको सुनिश्चितता भन्ने मुल नाराका साथ पाँचौ परिवार नियोजन दिवश रामेछापमा पनि मनाइएको छ । रामेछाप

खाना खाने गलत शैली, उमेर नपुग्दै बुढ्यौली

    जवाफ, ‘उमेरमै जवानी गुजि्रएला कि भन्ने कुराले ।’ अर्थात उमेर नपुग्दै पाको, बुढो भइएला भन्ने डर । तपाईंलाई पक्कै थाहा छ, उमेरले मात्र मान्छे

पालेवनमा रेविज रोगको परामर्श ।।  

रामेछाप नगरपालिका–वडा नं ७ का उद्धबकुमार श्रेष्ठको आफ्नै घरमा पालेको कुकुरले केहि दिन अगाडि आफनै घरको दुध दिने गाईलाई टोकेपछि ४ दिनमा गाइको बाछा र