• ON AIRहजुरको खवर
  • UP NEXTटप अफ द पप

सिन्धुलीको दुधौली खोलाको पुल भासियो, चारपांग्रे गाडी चलाउन रोक ।। 

 

 लगातारको वर्षासँगै आएको बाढीका कारण सिन्धुलीको दुधौली खोलाको पुल भासिएको छ । कटारी(दुधौली सडक खण्डअन्तर्गत दुधौली नगरपालिका वडा नम्बर ७ र ८ को सिमानामा पर्ने दुधौली खोलाको पक्की पुल भासिएको हो ।

पुल भासिएपछि चार पांग्रे सवारी साधन सञ्चालनमा रोक लगाइएको छ । पुलको पिलर भासिएपछि पुल नै लचकिएको छ ।

अर्को विकल्प नहुन्जेलसम्म पुलमार्फत सवारी साधन नचलाउन नगरपालिकाले अनुरोध गरेको छ ।

पुलमा सवारी चलाउँदा दुर्घटनाको सम्भावना रहेकाले सञ्चालनमा रोक लगाइएको दुधौली नगरपालिका(८ का वडाध्यक्ष मोहनचन्द्र दाहालले जानकारी दिए ।

पुल भासिदा दुधौलीका स्थानीय व्यापारी र सर्वसाधारण प्रत्यक्ष प्रभावित भएका छन् । उनीहरुले डाइभर्सनको व्यवस्था मिलाइ आवतजावत सहज बनाउन सम्बन्धित निकायसँग माग गरेका छन् ।

आर्थिक वर्ष २०६२र६३ मा प्रजुना निर्माण सेवाले सो पुल निर्माण गरेको थियो । २० लाख बराबरको लागतमा निर्माण भएको सो पुल २० मिटर लामो छ ।

प्रतिकृया दिनुहोस

फैसला कार्यान्वयनका लागि सरोकारवालाको प्रतिवद्धता

हिमाल ढुंंगेल रामेछाप । जिल्ला अदालत रामेछापले अदालतबाट फैसला भएका मुद्धाको फैसला कार्यान्वयनका लागि सरोकारवाला सवैलाई प्रतिवद्धता गराएको छ ।

नागरिकलाई नमुना देखाउन वडा अध्यक्षले घर प्रवलिकरण गर्ने।

ओखलढुंगाको खिजीदेम्बा गाउँपालिका ४ का अध्यक्ष कमलप्रसाद न्यौपानेले आफ्नो घर प्रवलिकरण गरेर नमुना देखाउने भएका छन् । भूकम्पबाट गाउँका धेरै घरहरु

मन्थली नगरपालिकाको  सार्बजनिक सुनुवाई कार्यक्रम  ।।  

मन्थली नगरपालिकाले चालु आर्थिक बर्षको चौमासिक अबधिमा भए गरेका कार्यक्रमको बिषयमा बिहिबार मन्थलीमा सार्बजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ ।