• ON AIRविविसि नेपाली सेवा
  • UP NEXTदेउराली

‘प्रेमनाथ’को शुटिङ भदौ १८ देखि, कार्यकारी निर्माता कपिल

 

काठमाडौं । गणेश बेल्वासेको दोस्रो चलचित्र ‘प्रेमनाथ’को छायांकन भदौ १८ देखि सुरु हुने भएको छ । प्रेम, कमेडी र सस्पेन्स कथामा आधारित यो चलचित्रको शुटिङ नेपाल र भारतमा हुने छ ।

‘हामी नेपालका काठमाडौं, दाङ, लुम्बिनी, कालिकोट लगायतका स्थानका साथै भारतमासमेत फिल्म शुटिङ गर्छौं, त्यसको सबै तयारी सकिसकेका छौं,’ निर्देशकसमेत रहेका बेल्बासेले भने, ‘आगामी जेठ दोस्रो हप्ताभित्र रिलिज गर्ने तयारीसहित हामी लागेका छौं ।’

चलचित्रको कार्यकारी निर्माता कपिल प्रसाद द्वा छन् । उनको यो पहिलो फिल्म हो । सहनिर्माता बसन्तराज भट्ट छन् ।

प्रेमनाथ नेपाल र भारतमा रिलिज हुने छ । नेपालमा चलचित्र वितरणको जिम्मा गोपाल कायस्थले लिएका छन् । भारतमा वितरणको जिम्मा भने बर्चस्व इन्फ्राटेक प्रालिका उमेश सिंहले लिएका छन् ।

कलाकार छनोटका लागि दाङको घोराहीमा वर्कशप आयोजना गरिएको थियो । वर्कशपमा चर्चित निर्माता छवि ओझाको समेत सहभागीता थियो ।

चलचित्रमा निर शाह, मोहन निरौला, सुरविर पण्डित, कमल गाउँले, राज थापा, मियुम जिरेल, मोनालिसा विष्ट, कीर्ति गौतम, पुजा रिमाल लगायतको अभिनय रहने छ ।

द्वन्द्व भरत क्षेत्रीको छ । सन्तोष श्रेष्ठ, भुपु पाण्डे र एसडी योगीले संगीत दिएका छन् । नृत्य रजिन पाठकको छ । चलचित्रका गीतहरुमा राजेश पायल राई, भुपु पाण्डे, सूची पन्थी र बेनुका राईको स्वर छ ।

‘प्रेमनाथ’को कथा र पटकथा बेल्वासे आफैले लेखेका छन् । ‘प्रेमनाथ’ बेल्वासेको दोस्रो फिल्म हो । यसअघि उनले ‘उहिले बाजेको पालामा’ फिल्म निर्माण गरेका थिए ।

शनिबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा पूर्व सांसद राजु खनाल, नेपाल पत्रकार महासंघका उपाध्यक्ष विपुल पोख्रेल, चलचित्रकर्मी सुशील पोख्रेल, सुनिल मानन्धर, लेखक शशी थापा लगायतले प्रेमनाथको सफलताको शुभकामना दिएका थिए ।

प्रतिकृया दिनुहोस

‘छक्का पञ्जा ३’ को ओभरसिज राइट्स करोडमा बिक्री

  दशैँमा प्रदर्शनमा आउने तयारीमा रहेको बहुप्रतिक्षीत फिल्म ‘छक्का पञ्जा ३’ को ओभरसिज राइट्स महँगोमा बिक्री भएको छ । स्रोतका अनुसार, हाइलाइट्स

वर्षा राउत र शिवाकाेटीलार्इ एउटै चलचित्रमा देख्न पाउलान् त दर्शकले?

        बेला बेलामा चलचित्र बजार नै हल्लिने गरी नायिकाद्धय वर्षा राउत र वर्षा सिवाकोटीको चर्चा हुने गरेको छ । विशेष त एउटी वर्षाले छाडेको

मोफसलमा साम्राज्ञी र धिरजको प्रमोशन यात्रा

  अहिले, चलचित्र चलाउनका लागि काठमाण्डौ बाहिर पुगेर कन्सर्ट गरिएन र पत्रकार सम्मेलन आयोजना गरिएन भने व्यापार नै हुँदैन भन्ने सोच पलाउन थालेको छ ।