• ON AIRटाइम पास
  • UP NEXTहजुरको खवर

ओप्पो 'एफनाइन' नेपाली बजारमा, यस्ता छन् विशेषता

 

ओप्पोले नयाँ उत्पादन ‘ओप्पो एफनाइन’ बजारमा ल्याएको छ। ‘सनराइज रेड’, ‘ट्वाइलाइट ब्ल्यू’ र ‘स्टारी पर्पल’ गरी ३ भिन्न आकर्षक रंगमा एफनाइन उपलव्ध छ।

यो ६. ३ इन्चको वाटरड्रप स्क्रिन डिजाइनमा छ। ३५०० एमएएच पावरको ब्याट्री यसमा छ।  एफनाइनमा २५ मेगापेक्सलको फ्रन्ट क्यामेरा र १६ तथा २ मेगापेक्सलमा ब्याक क्यामेरा छ। चार क्यामेरा रहेको फोन ४ जिबी र ६ जिबी गरी दुई भेरियन्टमा उपलब्ध छ।

फोनलाई क्रमशः ६४ र २ सय ५६ जिबीसम्म बढाउन सकिन्छ। ४ र ६ जिबीको फोनलाई क्रमशः ४१ हजार ५ सय ९० र ४५ हजार ५ सय ९० मूल्य तोकिएको छ ।

यसको भिओओसीमा तीब्र र सुरक्षित चार्ज सुविधा उपलब्ध गराउन न्यून टेम्प्रेचर र भोल्टेजसहित, चार्जिङ एडेप्टर लगायतका ५ भिन्न सुरक्षा तहको ब्यवस्था गरिएको कम्पनीले जनाएको छ।

फोनमा ५ मिनेट चार्ज गर्दा २ घन्टाको टक टाइम दिने भोक फ्ल्यास चार्जिङको सुविधा रहेकाले ग्राहकको पहिलो रोजाईमा पर्ने कम्पनीको दावी छ। 
ओप्पो नेपालका प्रमुख कार्यकारी अधिकृत बबी ट्राओले प्राविधिक नवप्रबर्तन सहित आकर्षक डिजाइनमा फोन उपलव्ध रहेको बताए।

प्रतिकृया दिनुहोस

अप्पर र उपल्लो खिम्ती जलबिद्युत आयोजनाको काम सत्तरी प्रतिशत सकियो । 

रामेछाप जिल्लाको गोकुलगंगा गाउपालिकावडा नं १ को गर्जाङमा निर्माणाधिन २ वटा जलबिद्युत आयोजनाको काम अन्तिम चरणमा पुगेको छ ।   उपल्लो खिम्ती १२

मुलुक सम्बृद्धिको लागि हाइड्रोपावरको विकास आवश्यक छ मन्त्री ढुङ्गेल ।।

प्रदेश नं. ३ का आर्थिक मामिला तथा योजना मन्त्री कैलाश प्रसाद ढुङ्गेलले मुलुक सम्बृद्धिका लागि हाइड्रोपावरको विकास जरुरी रहेको बताउनुभएको छ । हिमालय

सिन्धुलीको गोलन्जोर गाउँपालिकामा फ्रि वाईफाई सेवा । 

सिन्धुली जिल्लाको गोलन्जोर गाउँपालीकाले ३ वटा वडामा ‘फ्रि वाई–फाई’ सेवा को व्यवस्था गरेको छ । प्रविधि मैत्री गाउँपालीका बनाउने उद्धेश्य