• ON AIRएसएमएस दोहोरी
  • UP NEXT

सिउरीखोला लिफ्ट खानेपानी उद्धघाटन ।। 


रामेछाप नगरपालिका वडा नम्बर ९ भिरपानी फलाटेमा सिउरीखोला लिफ्ट खानेपानी उपभोक्ता तथा सरसफाइ समितीको प्रथम साधरण सभा एवम लिफ्ट खानेपानी उद्धघाटन समारोह  सम्पन्न भएको छ । रामेछाप नगरपालिकाको ६० लाख ३७ हजार ५ सय ४१ रुपैया अनुदान र स्थानियहरुको जनश्रमदान १५ लाख ४२ हजार  ९ सय गरी कुल ७५ लाख ८० हजार १ सय ४१ रुपैयाको  लागतमा निर्माण भएको आनेपानी आयोजनाबाट भिरपानी फलाटेका  करिब ८२ घरधुरी   लाभन्वित हुनेछन । खानेपानीको समस्या रहेका भिरपानी फलाटेमा लिफ्ट मार्फत पानी घरघरमा आउदा स्थानियहरुमा खुशियाली छाएको छ ।

सिउरीखोला लिफ्ट खानेपानी उपभोक्ता तथा सरसफाइ समितीको प्रथम साधरण सभा एवम लिफ्ट खानेपानी उद्धघाटन समारोहमा रामेछाप नगरपालिका प्रमुख नरबहादुर मगरको प्रमुख आतिथ्यता , सिउरीखोला लिफ्ट खानेपानी उपभोक्ता तथा सरसफाइ समितीका अध्यक्ष पुर्ण बहादुर श्रेष्ठको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको हो ।   


 

प्रतिकृया दिनुहोस

महिलामाथि हुने हिंसाको बिरोधमा महिला संघ रामेछापले बुझायो ज्ञापनपत्र ।।

नेपाल महिला संघले आइतबार  कञ्चनपुरकी निर्मला पन्तको हत्या, लगाएत बलत्कार हिंसा ,महंगी कालोबजारी र सामाजिक असुरक्षाको बिरोधमा  जिल्ला प्रशासन

वर्तमान सरकारको  नारा अनुसार काम गर्न बजेटको कुनै कमी नहुने मन्त्रि ढुङ्गेलको भनाई ।। 

रामेछाप जिल्ला प्रदेश सभा २ का सांसद एवम प्रदेश नं तीनका आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुङ्गेलले समृद्ध नेपाल सुखि नेपाली निर्माण

मृगौला बचाऔं अभियान टोली रामेछापमा आइपुग्यो ।। 

 पछिल्लो समयमा मृगौला रोगीहरुको संख्यामा वृद्धि हुँदै गएको भन्दै त्यसलाई न्यूनीकरण गर्ने उद्धेश्यका साथ मृगौला बचाऔं अभियान टोली रामेछापमा