• ON AIR
  • UP NEXTहजुरको खवर

सबैले एक पटक पढ्नै पर्ने उपन्यास आभास ।।

तपाईंलाई प्रेम कथा कस्तो लाग्छ ? तपाईं प्रेमी हुनुहुन्छ ? या कसैको प्रेम कथा सुन्न रुचाउनु हुन्छ ? यदी तपाईंले प्रेम कथा रुचाउनु हुन्छ भने नेपाली बजारमा भर्खरै मात्र शब्दार्थ प्रकाशनद्वारा प्रकाशित उपन्यास ‘आभास’ आएको छ । यस उपन्यासका लेखक विनादकुमार श्रेष्ठ हुन् । उहाँ ३ नं. प्रदेश रामेछाप जिल्ला रामेछाप नगरपालिका वडा नं. ७ का स्थायी बासिन्दा हुन् । ‘आभास’ भन्दा पहिले उहाँको उपन्यास ‘द स्प्रिङ लभ’ आएको थियो । सो उपन्यास पनि शब्दार्थ प्रकाशनबाटै प्रकाशित हुन् । जीवन हाँवामा झर्ने ती कलिला आपका दानाजस्तै हो । विभिन्न दिशाबाट आएका हावाँका झोक्काले यसलाई जोडजोडले रिगाउँछन् । कुनै निश्चित् समयमा भुईंमा झार्दछन् र कलिलैमा उसको नामानिशान मेटाइदिन्छन् । यस्तै छ उपन्यास आभासको काल्पनिक प्रेम । यहा जीवनरुपी प्रेमस्पर्श जोडजोडले रिंङ्गिएको छ र बाँकी अवशेषका रुपमा रहेकाछन् केवल सम्झनाहरु । उपन्यास आभास एक ढाड भाच्चिइ स्पाइनल कर्ड इन्जुरी भएको व्यक्तिसँगको प्रेम कथासँग सम्बिन्धत छ । लेखक काल्पनिक दुनियामा पुगेको हुन्छ । उपन्यासको शुरुमै लेखकले भनेका छन् ः ‘म तपाईंलाई खुलदुलीमा राख्न चाहन्नँ । म तपाईंलाई अहिल्यै उत्तर दिन्छु । ‘यो भावनामा बगेको एक प्रेमिल आभासको कल्पना मात्र हो । जुन कल्पनालाई म स्मृतिरुपी दूरबीनबाट नियाल्दै छु । त्यो अतीत र यो वर्तमान संयोजन गराउँदैछु र प्रस्तुत गर्दै छु प्रिय पाठकहरुका माझमा पृथक् धारको प्रेम कथामा आधारित उपन्यास –‘आभास ।’ आभास उपन्यासको पात्र पनि हो । यो उपन्यासको मूल कथाक्रम ढाड भाच्चिएर स्पाइनल कर्ड इन्जुरी भएको आभास र उसले प्रेम गरेको केटी सन्ध्या बिहे गरेर अर्काकी श्रीमती बनिसकेपछि पनि रहिरहेको प्रेम वरिपरी घुमेको छ । लेखकले लेखेका छन् – ‘यसले प्रेमिल मनहरुलाई छुने छ, फक्रने छ, हुँडल्ने छ । मनदेखि मनसम्मका डिमार्केसनहरुमा जहाँ हाम्रो समाज प्रेम गर्नेहरुको चियोचर्चो गरिरहेका छन् । सदियौँदेखि हाम्रो परिवेशमा प्रेम वर्जित विषय बनाइएको छ । यही विषय मैले पक्रेर प्रहार गर्ने प्रयत्न गरेको छु ।’ जीवन भोगाइका संर्घष, प्रेमिल उमङ्गमात्र होइन, मानसिक होशहवास उड्ने खालको शारीरिक सम्बन्ध र संसारबाटै गायव भएका क्षणहरुले यो उपन्यास एकदमै रोचक बनेको छ । यो उपन्यासमा आभास र सन्ध्याको यस्तो मित्रता छ जुन शुरु देखि अन्यसम्म पनि बिवाहिता असहज सम्बन्धबीच पनि एकदमै प्रगाढ बनेको छ । लेखककै शब्दमा भन्दा – ‘प्रेममा पागल’ भएका छन् तर मनलाई काबुमा पनि राखेका छन् । एक शारीरिक अपाङ्गता भएका व्यक्तिले यात्रामा भोग्नु पर्ने समस्या, बस्नको लागि ह्वीलचेयर मैत्री भवन नभएका क्षण र ह्वीलचेयर गुड्नेबाटाहरु ह्वीलचेयर मैत्री नहुँदा भोग्न परेका समस्या बाहेक उपन्यास पढ्दैजाँदा यस्तो लाग्छ कि पात्रका रुपमा हामी पनि जीवन आयामका उकालीओरालीमा सँगै हिडिरहेका छौँ । लेखकको बिचलित शरीर पछिको प्रेम प्रसङ्गबाट शुरु भएको प्रेम अन्यमा आफ्नो प्रेमिकाको घरबार बिगार्न नचाहेर उनीसँग सम्पर्कमा टाढिएको तर प्रेममा अटुट रहेको देखाइदै १४० पेजमा पुगेर थकाई मारेको छ । एकअर्कामा अभिन्न अंग हुन् भन्ने देखाउन खोजिएको आभासको अन्यमा आफ्नो प्रेमिकाको घरबार विगार्न चाहेका छैनन् । आख्यानको समिक्षा मेरो दक्षताको विषय होइन, केवल मेरा रहर हुन् । यो भूमिका बाँध्नुको तात्पर्य के हो भनेँ यो लेखन वास्तविक अर्थमा आभासको समिक्षा नभई उपन्यासको बारेमा आलोकाँचो पाठकको साङ्गोपाङ्गो टिप्पणी मात्र हो । यो उपन्यासको मूल्य रू ३०० छ ।

प्रतिकृया दिनुहोस

जम्बोरी नाइटमा थरी थरीका पहिरन

सानेपास्थित इन्टरनेशनल क्लबको स्विमिङ पूलमा निर्माण गरिएको आकर्षक र्‍याम्पमा एक दर्जन व्यवसायिक मोडलहरु क्याटवाक गर्दै विभिन्न डिजाइनरका

मखमली चोली टीमको पिरतीको रंग सार्वजनिक

गीतकार अम्बिका गुरुङको शब्द रहेको नयाँ गीत रिलिज भएको छ। सोमबार गीतकार गुरुङकै युट्युब च्यानल ‘भाव सागर इन्टरटेन्टमेन्ट’बाट ‘पिरतीको रंग’

‘छक्का पञ्जा ३’ को ओभरसिज राइट्स करोडमा बिक्री

  दशैँमा प्रदर्शनमा आउने तयारीमा रहेको बहुप्रतिक्षीत फिल्म ‘छक्का पञ्जा ३’ को ओभरसिज राइट्स महँगोमा बिक्री भएको छ । स्रोतका अनुसार, हाइलाइट्स