• ON AIRविभिन्न गितहरु
  • UP NEXTमिलिजुली नेपाली

छोरी(बुहारीलाई दक्ष बनाउन कम्प्युटर शिक्षा


वैशाख १८ । बैतडीको ग्रामिण क्षेत्रका छोरी(बुहारी पनि कम्प्युटरको पहुँचमा पुग्न थालेका छन् । छोरीबुहारीलाई कम्प्युटरको पहुँचमा पु¥याउन वातावरण संरक्षण तथा सामाजिक विकास संघले बैतडीको ग्रामिण क्षेत्रमा कार्यक्रम सञ्चालन गरेको छ ।संस्थाले बैतडीको दोगडाकेदार गाउँपालिकामा विगत एक महिनादेखि कम्प्युटर कक्षा सञ्चालनमा ल्याएको हो । युवा महिलाका लागि आधारभुत कम्प्युटर शिक्षा भन्ने मूल नारासहित चैत २० गतेदेखि कक्षा सञ्चालन भएको उक्त संघका अध्यक्ष घनश्याम भट्टले जानकारी दिए ।गाउँपालिकाको वडा नं ३ श्रीकोट र वडा नं ७ देउलेकका गरी २३ महिला कम्प्युटर कक्षामा सहभागी छन् । महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालयको २ लाख आर्थिक सहयोगमा कार्यक्रम सञ्चालन भईरहेको संस्थाले जनाएको छ ।सरकारी सेवा प्रवेश, लोकसेवा आयोग परीक्षाका लागिसमेत कम्प्युटर शिक्षा आवश्यक रहेको तथा छोरीबुहारीलाई कम्प्युटर शिक्षाको पहुँचमा ल्याउनका लागि कार्यक्रम सञ्चालनमा ल्याईएको संस्थाका अध्यक्ष भट्टले बताए ।कम्प्युटर शिक्षा आवश्यक र र उपलब्धिमुलक रहेको प्रशिक्षार्थी सिता विष्टले बताइन् । तीन महिनासम्म सञ्चालन हुने आधारभुत कम्प्युटर शिक्षामा दिपेन्द्र कार्कीले प्रशिक्षण दिंदैछन् ।उपस्थिति रहेको थियो । 
 

प्रतिकृया दिनुहोस

सिँचाई परियोजना समितिले आँखामा छारो हाल्ने काम गरेको स्थानीय नागरिकको गुनासो

रामेछाप उमाकुण्ड प्रीतिका स्थानीय नागरिकले सिँचाई परियोजना समितिले आफुहरुको आँखामा छारो हाल्ने काम गरेको बताएका छन।रामेछापको उमाकुण्ड

कम्प्युटर अपरटेरमा नयाँ भर्ना नलिइने, भएका पद पनि स्वतः खारेज

सरकारले कम्प्युटर अपरेटर पद खारेज गर्ने भएको छ । संघीय निजामती सेवा ऐनको मस्यौदामा कम्प्युटर अपरेटर पद खारेज गर्ने उल्लेख छ । हाल विविध सेवा

झापामा उच्च प्रविधियुक्त नर्सरी सञ्चालन

झापा, वैशाख १८ । झापाको मेचीनगरमा पहिलो पटक उच्च प्रविधियुक्त हाइटेक नर्सरी सञ्चालनमा ल्याइएको छ ।झापा, वैशाख १८ । झापाको मेचीनगरमा पहिलो पटक उच्च