• ON AIRसिने सौगात
  • UP NEXTटाइम पास

साहित्यकार विनोद श्रेष्ठको आभास“  भव्यताका साथ बिमोचन ।। 


रामेछाप जिल्ला रामेछाप नगरपालिका वडा नम्बर ७ रजयछापका साहित्यकार विनोद कुमार श्रेष्ठको उपन्यास आभाष भव्यताका साथ बिमोचन गरिएको छ । साहित्यकार श्रेष्ठका अनुसार  आफ्नो सपनालाई सार्थक तुल्याउन संघर्ष गरिरहेको पात्रको आवारणमा आभासको भित्री कथा बुनिएको छ । जीवनले निधो गरेको आकांक्षालाई परबाट देख्दा उठ्ने बेचैनी र समिपबाट नियाल्दा संचार हुने सुखानुभूतिलाई मिहीन ढाँचाले केलाईएको स्पर्शी धार कथाले बोकेको छ । सपनासँग जोडिन आएका आत्मिय सम्बन्धहरूको अपेक्षा र त्यसले उब्जाउने परिस्थितिहरू आभासको अर्काे पक्ष हो । सम्बन्धहरूको समिकरणले जीवनमा लिपिएका रंगहरूको विश्लेषण पाठकलाई कुनै कोणबाट आफूसँग परिचितझै लाग्न सक्छ । जीवन रहुन्जेलसम्म सम्झौताले आफ्नो क्षेत्राधिकार हामीसँग खोज्छ । जीवनसँग सम्झौता गर्दै कतिले आफ्ने लक्ष्यलाई कुण्ठित पारेर आत्माको आग्रहलाई निस्तेज बनाई आफूभित्र थुनेर राख्छन् ।  तर सपनालाई पून देख्ने हिम्मत गर्नेहरू साहसी हुन् र त्यही साहस नै आभासको बुलुन्द आवाज हो साहित्यकार श्रेष्ठ भन्छन ।

 


शब्दार्थ प्रकाशनको १४ औँ वर्ष प्रवेशको उपलक्ष्यमा २०७५ भाद्र ९ गते क्राउन बेन्क्वेट, मीनभवन, नयाँ बानेश्वर, काठमाडौँमा ‘आफ्नो पुस्तक आफै लोकार्पण’ भन्ने अभिव्यक्तिको साथ ८० देखि ३० वर्ष उमेरका २० स्रष्टा १. अमरत्वको सम्झना(संस्मरणसङ्ग्रह (ले. प्रा.शिवगोपाल रिसालरसं. विनयकुमार शर्मा नेपाल), २. छेउ न टुप्पो(निबन्धसङ्ग्रह (प्रकाशप्रसाद उपाध्याय), ३. समसामयिक नेपाली समालोचना(समालोचनासङ्ग्रह (प्रा.राजेन्द्र सुवेदी), ४. देवानको औँठी(कथासङ्ग्रह (जनक वाग्ले), ५. भविष्यवाणी(कथासङ्ग्रह (राममणि पोखरेल), ६. चूडाला(उपन्यास (वेदमणि घिमिरे), ७. सम्मीलन(कवितासङ्ग्रह (ठाकुर शर्मा), ८. नेपाली गणित कोष(शब्दकोश (ंमहेश्वर प्रसाद उपाध्यायरभाषा सं.विनयकुमार शर्मा नेपाल), ९. सुदर्शन(निबन्धसङ्ग्रह (कमल रिजाल), १०. कोशीको उडान(कवितासङ्ग्रह (डा.विदुर चालिसे),११. प्रेमाञ्जली(मुक्तकसङ्ग्रह (विनयकुमार शर्मा नेपाल), १२. निदाउन नसकेका रातहरु(कथासङ्ग्रह (गोपाल अश्क), १३. जिलेटिनमा फूल(गजलसङ्ग्रह (दुर्गाप्रसाद ग्वालटारे), १४. ब्रिटिश ओइदर(कथासङ्ग्रह (रामहरि पौड्याल), १५. राप(उपन्यास (चन्द्रमणि पोडेल), १६. मानव अधिकार शब्दकोश(शब्दकोश (माधव रेग्मीरकैलाशकुमार सिवाकोटी), १७. मुक्तकाञ्जली(मुक्तकसङ्ग्रह (तिलस्मी प्रभास), १८. सैद्धान्तिक आधार स् प्रायोगिक विश्लेषण(समालोचनासङ्ग्रह (जीवन जीवन्त), १९. अनेक विधा अनेक दृष्टि((समालोचनासङ्ग्रह (अम्बिका अर्याल), २०. आभास(उपन्यास (विनोदकुमार श्रेष्ठ)  समेत एक साथ २० पुस्तकहरूको विमोचन गरियो । उक्त कार्यक्रममा प्रा शिवगोपाल रिसाल, वसन्तकुमार शर्म्मा नेपाल, यादव भट्टराई, रमेश शुभेच्छु र विनयकुमार शर्मा नेपालले कृति र सम्मानका बारेमा प्रकाश पार्नभएको थियो । 

प्रतिकृया दिनुहोस

जम्बोरी नाइटमा थरी थरीका पहिरन

सानेपास्थित इन्टरनेशनल क्लबको स्विमिङ पूलमा निर्माण गरिएको आकर्षक र्‍याम्पमा एक दर्जन व्यवसायिक मोडलहरु क्याटवाक गर्दै विभिन्न डिजाइनरका

मखमली चोली टीमको पिरतीको रंग सार्वजनिक

गीतकार अम्बिका गुरुङको शब्द रहेको नयाँ गीत रिलिज भएको छ। सोमबार गीतकार गुरुङकै युट्युब च्यानल ‘भाव सागर इन्टरटेन्टमेन्ट’बाट ‘पिरतीको रंग’

‘छक्का पञ्जा ३’ को ओभरसिज राइट्स करोडमा बिक्री

  दशैँमा प्रदर्शनमा आउने तयारीमा रहेको बहुप्रतिक्षीत फिल्म ‘छक्का पञ्जा ३’ को ओभरसिज राइट्स महँगोमा बिक्री भएको छ । स्रोतका अनुसार, हाइलाइट्स