• ON AIRटाइम पास
  • UP NEXTहजुरको खवर

पालेवनमा रेविज रोगको परामर्श ।।  


रामेछाप नगरपालिका–वडा नं ७ का उद्धबकुमार श्रेष्ठको आफ्नै घरमा पालेको कुकुरले केहि दिन अगाडि आफनै घरको दुध दिने गाईलाई टोकेपछि ४ दिनमा गाइको बाछा र पाँचौ दिनमा गाइलाई टोक्ने कुकुर पनि म¥यो । आफ्नै घरमा पालेको कुकुरलाई रेविज रोग लागेको आशंका गर्दै श्रेष्ठ जिल्ला जनस्वास्थ्य कार्यालयमा गुहार माग्न पुग्नु भयो । रामेछाप नगरपालिका पशु सेवा साखाको परामर्शमा कुकुर धनि श्रेष्ठले निजी खर्चमा पशु सेवा निर्देशनालयको प्रयोगशालामा मरेको बाच्छाको केही भाग परिक्षणका लागि लैजादा परिक्षणबाट रेबिज लागेको पुष्टि भएको थियो । सो प्रतिबेदनको प्रतिलिपी सहित श्रेष्ठले जिल्ला जनस्वास्थ्य कार्यालयमा रेबिजको प्रकोपको नफैलियोस  भन्दै आवश्यक सहयोगका लागि लिखित अनुरोध गनुभएको थियो । सोही अनुरोध अनुसार  जिल्ला जनस्वास्थ्य कार्यालय रामेछाप र रिलिफ नेपालको सहकार्यमा जिल्ला स्वास्थ्य कार्यालय रामेछापका डाक्टरहरु सहितको टोलिले आज  रामेछाप नगरपालिका वडा नं ७ पालेवनमा रेविज विरुद्धको स्वास्थ्य परामर्श दिइएको छ । परामर्शको क्रममा ८ जनालाई रेविज विरुद्धको सुई लगाउनुपर्ने देखिएको छ  ।  रेविजको माहामारी फैलन नदिन जिल्ला  स्वास्थ कार्यलय रामेछाप , इपिडिमियोलोजि तथा रोग नियन्त्रक महासाखाको माहामारी रोग नियन्त्रणका चिकित्सक ,वडा नम्बर ७ का वडा अध्यक्ष , स्थाननियवासि लगायतकाको उपस्थिीमा रेविज विरुद्धको परामर्श तथा छलफल गरिएको छ । 
 

प्रतिकृया दिनुहोस

रामेछाप जिल्लामा शव वाहन नहुँदा समस्या ।। 

रामेछाप जिल्लामा  शव वाहन नहुँदा समस्या भएको भन्दै स्थानीयले गुनासो गरेका छन् । जिल्ला अस्पतालमा समेत शव वाहन नहुँदा अस्पतालमा मृत्यु भएका

वडाकार्यलयद्धारा विद्यालयमा स्वास्थ्य तथा सरसफाई कार्यक्रम सुरु  ।। 

रामेछाप नगरपालिका वडा नम्बर ८ वडा कार्यलयले वडा भित्र रहेका ३ वटा विद्यालयमा स्वास्थ्य तथा सरसफाई कार्यक्रम सन्चालन गरेको छ । वडा भित्र रहेका ३ वटा

खिजीदेम्बा गाउपालिकाको सबै वडाहरुमा निशुल्क आखाशिविर बस्ने ।

लिला बहादुर सुनुवार,पौस २४ अ‍ोखल्ढुङ्गा । खिजीदेम्बा गाउपालिका अ‍ोखलढुङ्गाको सबै वडाहरुमा यहि माघ १० गते देखी १८ गते सम्म निशुलक आखा शिबिर बस्ने